नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

१५ हजार ८ सय नेपाली कामदार फर्किए

ओखलढुङ्गान्युज, पौष १६, मलेसिया

मलेसियावाट यसवर्ष करिब १६ हजार गैर कानुनी हैसियतका नेपाली स्वदेश फर्किएका छन् । गैर कानुनी आप्रवासीहरुलाई स्वदेश फर्कनका लागि आइतबारसम्म तोकिएको थियो । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरुलाई दिएको समयावधि आज सकिँदैछ ।

मलेसियाली सरकारले गत फेब्रुवरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना (रिहाइरिंङ) कार्यक्रमसँगै स्वदेश फिर्नका लागि समेत डिसेम्बर ३१ सम्मको अवधि ताकेको थियो । स्वदेश फर्कनका लागि आइतबारसम्म तोकिएको समयको लाभ उठाउँदै यसवर्ष करिब १६ हजार गैर कानुनी हैसियतका नेपाली स्वदेश फर्किएका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएका नेपाली दूतावासले जनाएको छ।

दूतावासको तथ्यांकअनुसार यसवर्ष करिब १६ हजारको संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्ने प्रावधान छ।

ती बाहेक आफूसँग भिसा नभएको तर राहदानी भएकाहरुले भने यात्रा अनुमतिपत्र लिनुपर्दैन । उनीहरुले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट व्यवस्था मिलाई नेपाल फर्कन सक्छन् ।

मलेसियाली सरकारले गैरकानुनी कामदारलाई वैधानिकता दिने प्रक्रियामा सामेल गराई पुनस् रोजगारी दिन यसअघि ‘रिहाइरिंङ’ नामक कार्यक्रम ल्याएको थियो । उसले मुलुकमा रहेका गैरकानुनी कामदार घटाउन स्वदेश फर्कने या वैधानिकता प्रक्रियामा सामेल भई काम गर्ने ऐच्छिक अवसर दिएको थियो । उक्त कार्यक्रमको लाभ उठाउँदै हजारौं नेपाली स्वदेश फिरिसकेका छन् ।

मलेसियाली सरकारले आफूकहाँ रहेका गैरकानुनी आप्रवासी कामदार घटाउन गत सन् २०११ अगष्ट महिनादेखि नै गैरकानुनी कामदार हटाउने अभियान चलाएको मलेसियाले गत ६ वर्षमा आममाफी, वैधानिकीकरण, पुनस् रोजगारी लगायतका आधादर्जन अवसरयुक्त कार्यक्रम सञ्चालन गरिसकेको छ। यद्यपी अपेक्षित रुपमा त्यस्ता कामदारको संख्या घट्न नसकेकाले उसले त्यस्ता कामदारविरुद्ध खोजी अभियानसमेत सँगसँगै चलाउँदै आइरहेको कान्तिपुरमा खबर छ ।

यसवर्ष घर फिर्ने नेपालीहरुबाट दूतावासले साढे ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । उसले प्रत्येक गैरकानुनी कामदारका लागि यात्रा अनुमतिपत्र जारी गरेबापत १६० रिंगिट शुल्क लिँदै आएको छ। मलेसियामा करिब ४ लाख नेपाली वैधानिक रुपमा कार्यरत रहेको ठानिएको छ। बधानिक रुपमा करिब २० लाख आप्रवासी कामदार कार्यरत रहेको भनिएको यहाँ अझै लाखौं आप्रवासी गैरकानुनी हैसियतमा रहेका हुनसक्ने बताइन्छ ।

 

 

 

 

मलायाखबरकाे सहयाेगमा