नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

के भयाे काङ्ग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिमा ? किन भएन समानुपातिकमा नाम सिफारिस ?

ओखलढुङ्गान्युज, पौष १५ काठमाण्डौ ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्य तर्फ शुक्रबार सम्म नाम सिफारिस गर्न दिएको समयमा कांग्रेस असफल भएको छ । शीर्ष नेताहरुको आ–आफ्नै नजिकका नेता कार्यकर्ताको नाम सिफारिस गर्न पार्टी भित्र किचलो भएपछि समस्या भएको हो । ७ प्रदेशसभाका ७२ सांसदको अन्तिम नामावली निर्वाचन आयोगमा शुक्रबार बुझाउन कांग्रेस असफल भएको छ ।

सूची टुंगो लगाएर आयोगमा नाम बुझाउन शुक्रबार दिनभर केन्द्रीय कार्यसम्पादन समितिमा छलफल भए पनि अन्तिम टुंगो लाग्न सकेन । आफूले प्रतिनिधित्व गर्ने प्रदेशबाट यसअघि सिफारिस गरिएका केही नाम काटिएको, आफूनिकटका नेता नपरेको भन्दै नेताहरू असन्तुष्ट बनेका हुन् ।

नेताहरूबीच नै कुरा नमिल्दा आयोगमा अन्तिम नाम बुझाउन समस्या भइरहेको एक नेताले जानकारी दिए । यसअघि बुझाइएको बन्दसूचीको क्रमअनुसार नै समावेशी कोटाअनुसार आयोगमा नाम बुझाउनुपर्ने भए पनि कम प्रतिनिधित्व भएका क्लष्टरका केही नाममा संस्थापन पक्षले आफ्नो पक्षका नाम पार्न खोजेपछि समस्या आएको बताईएको छ ।