नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

माओवादीको समानुपातिक सांसद, नेता पत्नीदेखि छोरीसम्म, कांग्रेसले सांसद छान्न सकेन

ओखलढुङ्गान्युज, पौष १५ काठमाडौं ।

नेकपा माओवादी केन्द्रले आफ्नो भागको प्रदेशसभा तर्फको ३५ समानुपातिक सिटमा प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको शुक्रबार बसेको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेको हो ।

माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् । प्रदेश ३ कै प्रदेशसभा सदस्य बनेका दोलखाका आङदेण्डी लामा चुनाव अघि मात्र माओवादी प्रवेश गरेका थिए ।

प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह आचार्य नेता रामदीप आचार्यकी श्रीमती हुन् । यस्तै विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी (जेठोबुवाको छोराकी श्रीमती) हुन् ।

उता नेकपा एमालेले केही दिन अगाडी नै समानुपातिक तर्फका सांसदहरुको नाम टुङ्गो लगाईसकेको छ । तर नेपाली कांग्रेसको शुक्रबार बसेको अबेर सम्मको बैठकले आन्तरिक विवादका कारण समानुपातिक तर्फको नाम सिफारिस गर्न सकेको छैन ।

काे काे छन् त माअाेवादीकाे समानुपातिकमा पर्नेहरु :

                                                                                                   तस्वीर श्राेत अनलाइन खबर