नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

बाम एकतालाई कसैले रोकेर रोक्न सक्दैन, एमाले महासचिव पाेख्रेल

जिताउनु भयो अब टिकाउन खबरदारी गरिदिनुस

विएन श्रेष्ठ, पौष १४ ओखलढुङ्गा ।
नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले वाम गठबन्धनको पार्टी एकतालाई कसैले रोकेर रोक्न नसक्ने बताउनु भएको छ । शुक्रबार रुम्जाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले पार्टी एकता हुन नदिने षड्यन्त्र भइरहेको बताउदै अब यसलाई कसैले रोक्न चाहेर पनि नरोकिने बताउनुभयो ।

“एमाले र माओवादीको एकतालाई भाड्न देशी र विदेशी शक्तिहरु लागि परेका छन्” पोख्रेलले भन्नुभयो, ‘तर हामी यी सबै प्रयास असफल बनाउनेछौ । एकता प्रक्रिया कसैले रोक्न खोजेर रोकिन्न ।’ पार्टी एकतासँगै सरकार सञ्चालन गर्ने कुरामा पछि नहट्ने उहाँको भनाइ छ ।

जनताले दुईतिहाई नजिक मत दिएर बामगठबन्धनलाई विजयी गराइसक्दा पनि देउवा सरकार लाजपचाएर निर्लज्ज व्यवहार देखाउदै सरकार छाड्न तयार नभएकोमा अचम्म मान्दै देउवा सरकारलाई चाडै नागरिक जनमत मार्फत नै हटाउने पनि बताउनुभयो । पोख्रेलले वाम गठबन्धनको जितसँगै देश नयाँ बाटोमा हिडिसकेको बताउदै त्यसलाई गन्तव्यमा पु¥याएरै छाड्ने पनि बताउनुभयो ।

चुनावी अभियानको क्रममा वाम गठबन्धनका उम्मेदवारहरुले गरेको वाचा निर्वाचित प्रतिनिधिले आफ्नो कार्यकालमा पूरा गर्ने पनि उहाले बताउनुभयो । नेता पोख्रेलले हिजो चुनावी मैदानमा रहदा गरेको प्रतिबद्धता अनुसार विजयी सांसदहरुले काम गर्ने बताउदै जिताएर मात्रै हैन अब प्रतिबद्धता अनुसारका काम गराउन हरेक नागरिकले बेलाबेलामा खबरदारी समेत गरिदिन आग्रह गर्नुभयो ।

बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्न एमाले महासचिव पोख्रेल सगै दोलखाका प्रतिनिधीसभाका सांसद पार्वत गूरुङ, प्रदेश नं. १ का प्रस्तावित मुख्यमन्त्रि शेरधन राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् पूर्व गभर्नर डाक्टर युवराज खतिवडा आईपुगेका थिए ।