नेपाली समय Loading...२०८० चैत्र १४ बुधबार

रामेछापकी विशेषता बुढाथोकीलाई अन्तर्राष्ट्रिय उपाधी

ओखलढुङ्गान्युज, पौष १२ काठमाडौं ।
रामेछापकी एक बालिकाले अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा अवार्ड जित्न सफल बनेकी छन् । अवार्ड जित्ने बालिका हुन् खाँडादेवी गाउँपालिका पकरवासकी विशेषता बुढाथोकी । उनले वालिकाहरुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बेष्ट अवार्ड सहितको उपाधी जित्न सफल भएकी हुन् ।

बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल मिस क्विन इन्टरनेसनल २०१७ मा नेपालका तर्फबाट सहभागी विशेषतले प्रतिस्पर्धामा बेस्ट अफ द बेस्ट अवार्डसहित फस्ट रनर्सअपको उपाधी पाएकी हुन् ।

ब्राजिलको साउपाउलोस्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा विशेषताले डिजाइनर उत्तम बनेपालीले तयार पारेको जीवित देवी कुमारीबाट अभिप्रेरित पोशाकले बेस्ट ड्रेस विधाको अवार्ड पनि जितेकी छन् ।

लिटिल मिस क्विन इन्टरनेसनलको फाइनल स्पर्धामा नेपालकी विशेषतासहित विश्वका ३१ देशका लिटिल मिस क्विनको सहभागिता रहेको थियो । विशेषतालाई प्रतियोगितामा नेपालको आधिकारिक संस्था ईप्लानेट प्रालिले पठाएको हो ।

यसअघि विशेषताले टर्कीको बोड्रममा सम्पन्न लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी थिइन् । १० वर्षीया विशेषता बालुवाटारस्थित जोन डेवी स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् ।