नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

विप्लब र बैद्य माओवादीको पार्टी एकताका लागि तिनबुदे निष्कर्ष : होला त पार्टी एकता ?

ओखलढुङ्गान्युज, पौष ११ काठमाडौं ।
माओवादी केन्द्र र एमाले बिच पार्टी एकताको कुरा सग पार्टी एकताका लागि पार्टी पार्टी बिच ध्रुबिकरण सुरु भएको छ । पहिलै माओवादी केन्द्रमा नै रहेर काम गरेर पछि टुक्राटुक्रा भएका वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको माओवादीको पार्टी एकताको पहलहरु पनि सुरु भएको छ ।

पार्टी एकता गर्ने योजना अनुरुप आईतवार दुवै पार्टीका नेतृत्वहरु बिच छलफल भएको छ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भएको छलफलवाट पार्टी एकता तथा ध्रुवीकरणका लागि पहल गर्ने सहमति भएको छ । दुवै नेताको हस्ताक्षर सहित जारी संयुक्त प्रेस वक्तव्यमा त्यसका लागि तीन बुँदे सहमति तथा निष्कर्षमा पुगेको पनि उल्लेख गरिएको छ ।

१२५ औं माओदिवसको सन्दर्भ पारेर दुवै नेताले सोमबार जारी गरेको संयुक्त वक्तव्यमा दुवै पार्टीका शीर्ष नेताहरुबीच हालै सम्पन्न भएको एक उच्च स्तरीय बैठक यस्तो निष्कर्षमा पुगेको उल्लेख गरिएको छ ।

वक्तव्यमा उल्लेख गरिएको तीन बुँदे सहमति तथा निष्कर्ष यस्तो छ ः