नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

वीरगञ्जको सुपर ग्यास उद्योगमा आगलागी : दुईजनाको ज्यान गयो

ओखलढुङ्गान्युज, पौष ५, पर्सा
आज दिउसो देखी वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको छ । ग्याँस उद्योगमा लागेको आगोलाई निभाउन गएका दुईजनाको ज्यान गएको छ । उद्योगमा लागेको आगो निभाउन पुगेका अग्नि नियन्त्रक मधुसुदन मिश्र र दमकलका चालक यादव अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उद्योगकाृ आगलागिमा परि तिनजना गम्भिर घाइृते भएका छन् । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो । आगो निभाउन जाँदा जलेर घाइते भएका वीरगंज वारुणयन्त्रका कर्मचारी भोजपुरका सञ्जीव नेपाल र अर्का वीरगञ्ज महानगरपालिकाका अरुण महतोलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । कम्पनीका कर्मचारी बारा प्रसौनीका अमिका राउत कुर्मको भने हेल्थ केयर अस्पतालमै उपचार भैरहेको छ ।

यो समाचार तयार पार्दासम्म आगोलाई अझै नियन्त्रण लिन नसकिएको बताईएको छ । ग्याँस उद्योगमा भएको आगलागि नियन्त्रण बाहिर छ । ग्यासमा लागेको आगो भएकाले पानीले निभाउन समस्या भएको अग्नि नियन्त्रकले बताएका छन् । आगो लागेको हेर्न वरपर घुईंचो लागेको छ । ग्याँस उद्योगको बरिपरि बस्तिका मानिसहरु सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।