नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा प्रत्यक्ष र समानुपातिकमा गरि झण्डै २२ हजार मत बदर

ओखलढुङ्गान्युज, मंसिर २९ ओखलढुङ्गा ।

देशै भरको समानुपातिकको मत परिणाम आउदै गर्दा ओखलढुङ्गाको पनि मतपरिणामको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । अन्तिम परिणाम सार्वजनिक गर्दै गर्दा ओखलढुंगामा प्रदेश तथा प्रतिनिधिसभा सदस्यको चुनावमा झण्डै २२ हजारभन्दा बढी मत बदर भएको छ । प्रदेशसभा, प्रतिनिधिसभा तथा समानुपातिकतर्फ गरी कुल ६५ हजार ८ सय ५२ मत खसेमा २१ हजार ७ सय ८८ मत बदर भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६५ हजार ७ सय ८३ मत खसेकोमा ४ हजार ९५ मत बदर भएको छ । त्यस्तै समानुपातिकतर्फ (व्यालेट बक्समा रहेको मतपत्र) प्रतिनिधी सभाका लागि खसेको ६५ हजार ८ सय ५४ मत खसेकोमा ५ हजार ९ सय ६२ मत बदर भएको छ ।

प्रदेश क मा प्रत्यक्षतर्फ ३२ हजार ५ सय ८६ मत खसेकोमा १ हजार १ सय २१ मत बदर भएको छ । समानुपातिकतर्फ क मा ३२ हजार ६ सय ६३ मत खसेकोमा ४ हजार १ सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

प्रदेशसभा ख मा प्रत्यक्षतर्फ ३३ हजार १ सय ६७ मत खसेकोमा १ हजार ५ सय ४ मत बदर भएको छ । समानुपातिकतर्फ पनि ख मा ३३ हजार १ सय ९१ मत खसेकोमा ४ हजार ९ सय ३६ मत बदर भएको छ । यसरी बदर मतको कुल योग झण्डै २२ हजार हुन्छ ।

निर्वाचन अगाडी नागरिक स्तरवाट उठेको चुनावमा नो भोटका लागी पनि व्यबस्था गर्नुपर्छ भन्ने कुरालाई यो चुनावमा प्रयोग गरेको हुनसक्ने आकलन गरिएको छ । सगै ठूलो सङ्ख्यामा मत बदर भएको पाएपछि निर्वाचन कार्यालयले मतदाता शिक्षा कमजोर भएको स्वीकार गरेको छ ।