नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

निशंखेमा बन्ने भयो ४ करोडको लागतमा सामुदायीक सिकाई केन्द्र

विवेश श्रेष्ठ, मंशिर २८, ठूलाछाप ।
सिद्धिचरण नगरपालिका वडा नं. २ को ठुलाछाप निशंखेडाडामा सामुदायीक सिकाई केन्द्र भवनको सिलान्यास भएको छ । स्वयंसेवी अभियान नेपालको आयोजनामा बुधवार भवनको सिलान्यास गरिएको हो ।

ओखलढुङ्गाका प्रतिनिधीसभाका माननिय सांसद यज्ञराज सुनुवार र प्रदेशसभा ख का माननिय सांंसद मोहन कुमार खड्का हिमशिखरले भवनको संयुक्त रुपमा सिलान्यास गरेका हुन् ।

सामुदायीक सिकाई केन्द्र भवन निर्माण सम्पन्न भएपछि त्यसै स्थलवाट स्थानीय उत्पादनलाई प्रबर्धन गर्ने लक्ष्य सिकाई केन्द्रको छ । स्थानीय भाषा संस्कृतिको संरक्षण गर्ने लगायतको उद्देश्य राखी भवन निर्माण कार्यको थालनी गरिएको स्वयंसेवी अभियान नेपालका अध्यक्ष भुपेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

?????????????

भवनको सिलान्यास गर्दै सांसद यज्ञराज सुनुवारले महान् लक्ष्य तथा उद्देश्य राखी भवन निर्माणको कार्यमा जुटेको स्वयंसेवी अभियान नेपालका सबैटिमलाई धन्यवाद ब्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्य तथा पर्यटनको क्षेत्रलाई समेत टेवा पु¥याउने गरि नेपालको पिछडीएको जिल्ला ओखलढुङ्गामा कार्यक्रम सञ्चालन गर्न लागेकोमा धन्यवाद दिदै यस्ता कार्यक्रमहरु संभव भए ओखलढुङ्गाका सबै गाँउपालिका र देशैभरि सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।

प्रदेश ख का सांसद मोहन कुमार खड्काले स्वयंमसेवी अभियान नेपालको सहयोगमा सञ्चालन हुन लागेको सामुदायीक सिकाई केन्द्र लक्ष्यप्राप्तीमा सफल बनोस भन्ने शुभकामना दिदै यसले ओखलढुङ्गाको समग्र स्वास्थ्य, शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने कुरामा आफु विश्वस्त भएको बताउनुभयो ।

स्वयंसेवी अभियान नेपालका भोलेन्टियर रञ्जना घिमिरेले यो संस्था व्यक्तिगत स्वार्थका लागि नभै सामाजिक स्वार्थका लागि सञ्चालन भएकोले भवन निर्माण कार्यमा सबैले साथ दिन आग्रह गर्नुभयो ।

त्यस्तै संस्थाका बोर्ड सदस्य सुरेन्द्र कुमार घिमिरेले निर्माण हुन लागेको भवन महत्वकांक्षी योजना भएकोले सबैको सहयोगको अपेक्षा गरेको वताउनुभयो । बजेट कम छ, तर भवन र भवन निर्माण कार्य सम्पन्न भैसकेपछि गरिने काम धेरै र ठूलो भएकोले आआफ्नो स्थानवाट सकेको सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

स्वंसेवी अभियान नेपालले ओखलढुङ्गा,सिन्धुपाल्चोक, काठमाण्डौ, रसुवा, नुवाकोट र धादिङ गरि ६ जिल्लाहरुमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । करीब ४ करोडको लगानीमा सम्पन्न हुने यस भवनका लागि ताईवानी एइड नामक संस्थाले २ करोड ५० लाख, विन हेल्प नेपाल र फ्रेन्च अफ भिनले करिब २० लाख रुपैया सहयोग गर्ने बाचा गरेको पनि आयोजकले जनाएको छ ।

भवन निमार्ण र अन्य व्यबस्थापनका लागि आवश्यक पर्ने श्रोतहरुको खोजी कार्य र जुटाउने काम भैरहेको पनि स्वयंसेवी अभियान नेपाल (ख्क्ष्ल्) का अध्यक्ष भुपेन्द्र घिमिरेले जानकारी दिनुभयो । भवन करिब १ वर्ष भित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो ।