नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सामुदायीक अस्पताल सोब्रुमा अक्सिजन उत्पादन केन्द्र सञ्चालन

ओखलढुङ्गान्युज, मंशिर २७, ओखलढुङ्गा ।

ओखलढुंगाको एकमात्र सामुदायिक अस्पताल मिसन सोब्रुमा मंगलबारदेखि अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा आएको छ । १ करोड ४ लाख ७५ हजार रुपैयाँको लागतमा अक्सिजन उत्पादन केन्द्र निर्माण गरिएको हो । नेपाल सरकारको ६० लाख, संसद विकास कोषका ५ लाख र बाकी नोरमिसन नामक विदेशी संस्थाको संयुक्त लगानीमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो ।

नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू यज्ञराज सुनुवार, मोहनकुमार खडका र अम्बिरबाबु गुरुङले संयुक्त रूपमा केन्द्रको उद्घाटन गरे । निर्वाचित भएपछि जिल्लाका तिनैजना सांसदहरुले उद्घाटन सुरुवात गरेको यो पहिलो कार्यक्रम हो ।

अक्सिजन उत्पादन केन्द्र उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यस अस्पताल ओखलढुंगाको मात्र नभएर रामेछाप, सिन्धुली, उदयपुर र सोलुखुम्बुसम्मका बिरामीलाई उपचार गर्दै आएको बताए । आफु पहिला सांसद हुदा पनि आवश्यक सहयोग गरिरहेको र आवश्यकता अनुसार अबका दिनहरुमा पनि सांसद तथा व्यक्तिगत हैसियतवाट गर्नुपर्ने र गर्नसक्ने काममा कहिल्यै पछि नहट्ने पनि उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

पहिला अस्पताललाई अक्सिजन आवश्यक पर्दा अक्सिजन सिलिण्डर खरिद र ढुवानी गर्दा ओखलढुङ्गासम्म आईपुग्दा दुई हजार देखी २१ सय सम्म लाग्थ्यो । अब यो केन्दै सुरुवात भएपछि प्रतिसिलिण्डर अक्सिजन ग्याँस ३ सय रुपैयामा नै तयारी हुने अस्पतालका निर्देशक टुक बहादुर श्रीमलले बताउनुभयो । माथि उल्लेख गरिएको बजेट सबै ५० ओटा सिलिण्डर खरिद बाकी सबे द्धर निर्माण तथा सिस्टमको व्यबस्थापनमा लागेको छ ।

अक्सिजन केन्द्र सञ्चालन सगै अस्पताल सग भवन र जनशक्तिको प्रसस्तै ब्यबस्था रहेकोले नर्सिङ कलेज सञ्चालन गर्न सकिने भएकोले त्यसतर्फ आवश्यक सहयोग गर्न माननियहरुसग निर्देशक श्रीमलले अनुरोध गरे । केन्द्रले २४ घण्टामा २० जम्बो सिलिन्डर अक्सिजन उत्पादन गर्ने पनि अस्पतालका निर्देशक श्रीमलले बताए ।