नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सेल्फी खिच्दा भिरबाट लडेर मृत्यु

ओखलढुङ्गान्यूज, मंशिर २८ ओखलढुंगा

भारत घर भएका एक युवकको ओखलढुंगामा भिरबाट लडेर ज्यान गएको छ । सिद्धिचरण नगरपालिका ४ स्थित रुम्जाटार भिरबाट बुधबार दिउसो सेल्फी खिच्ने क्रममा लडेर ज्यान गएको हो । मृत्यु हुनेमा भारतको बिहार अत्तरदह स्थाई घर भएका ४० बर्षिय राजु दाश रहको जिल्ला प्रहरी कार्यालयले ओखलढुङ्गाले जनाएको छ ।

मृतक दाश भारतबाट मजदुरीका लागी केही समय अगाडी रुम्जाटार आएका थिए । रुम्जाटार नजिकैको भिरवाट झन्डै २ सय मिटर तल दाशको शव फेला परेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो । सो स्थानमा निमार्णाधिन भेटनरी स्कुलको काम गर्दै आएका दाश खाजा खाने समयमा फोटो खिच्न भिरतिर लागेका थिए ।

सेल्फी खिच्ने क्रममा उनि भिरबाट खसेको हुन सक्ने प्रहरीको आशंका छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको र शबलाई पोष्ट मार्टमका लागी रुम्जाटार जिल्ला अस्पताल लगिएको पनि प्रहरी नायव उपरिक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।