नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

सोलुमा एकघर जलेर नष्ट

ओखलढुङ्गान्युज, मंशिर २८, सोलुखुम्बु

बुधवार अपरान्ह सोलुखुम्बुमा आगलागि हुदा एकघर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।  सोलुखुम्बुको दुधकौशीका गाउँपालिका ७ देउसामा एक घर जलेर नष्ट भएको हो ।

देउसाका स्थानीय बलराम राईको घरमा बुधबार अपरान्ह आगलागी हुँदा घर पूर्णरुपले जलेर नष्ट भएको वडा सदस्य सरिता राईले जानकारी दिइन् । घर भित्र रहेको सबै सामान, लत्ता कपडा जलेर नष्ट भएको छ।

ढुंगामाटोले बनेको घरमा आगलागीको कारण भने खुलेको छैन । घटना स्थलमा नेले प्रहरी चौकीबाट प्रहरी पुगेर आगलागिको कारण र क्षतिको विवरण संकलन भै रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । यो समाचार तयार पार्दासम्म क्षतिको विवरण भने आईसकेको छैन ।