नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

हारको रिस कार्यकर्तामाथि पोख्दै ओखलढुङ्गा कांग्रेस, कार्बाहीको सूचिमा सञ्चारकर्मी श्रेष्ठ पनि

ओखलढुङ्गान्युज, मंशिर २५, ओखलढुङ्गा ।
नेपाली कांग्रेस ओखलढुङ्गाले आज एक विज्ञप्ती जारी गर्दै आफ्ना डेढ दर्जन नेता तथा कार्यकर्तालाई साधारण सदस्यता समेत नरहने गरि कार्वाही गरेको जनाएको छ । भर्खरै सकिएको प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसलाई विभिन्न बहानामा असहयोग गरेको भन्दै कार्बाही गरेको हो ।

शाेमबार जारी गरिएको विज्ञप्तीमा पार्टीको आधिकारिक उमेदवारको विरुद्धमा सवतन्त्र उमेदवार दिने, उमेदवारको प्रस्तावक तथा समर्थन गर्ने, पार्टीको गोप्य सूचना प्रतिपक्ष पार्टीलाई चुहावट गर्ने, नोपली कांग्रेस पार्टीको उमेदवार विरुद्ध जाशुस गर्ने, पार्टी कार्यकर्ताहरुलाई भ्रमित पार्ने, पार्टीलाई पराजय गराउन सक्रिय भूमिका खेल्ने तपशिलका व्यक्तिहरुलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरि कार्बाही गरिएको  जनाइएकाे छ ।

चुनाव भन्दा अगाडी नै पार्टीको आधिकारीक उमेदवारको विरुद्धमा बागी उमेदवार दिएको र बागी उमेदवार दिनेको प्रस्तावक र समर्थक रहेको आरोपमा प्रदेशसभा ख का स्वतन्त्र उमेद्वार ज्ञानेन्द्र रुम्दाली लगायत अन्य चारजनालाई ५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेत नहने गरि कार्बाही गरिएको कांग्रेस ओखलढुङ्गाले पत्रकार सम्मेलन गरि जनाएको थियो । अाजकाे विज्ञप्तीमा पनि उनिहरुकाे नाम समाबेश छ । तर अाज जारी गरिएकाे  विज्ञप्तीमा कार्बाहीकाे अबधी भने उल्लेख गरिएकाे छैन । 

जारी विज्ञप्तीमा प्रदेशसभा ख का स्वतन्त्रका उमेद्वार ज्ञानेन्द्र रुम्दाली लगायत २० जनाको नाम रहेको छ । कार्बाहिकाे लिष्टमा सञ्चारकर्मी एवम् पत्रकार लिला श्रेष्ठकोे नाम समेत उल्लेख गरिएको छ । विज्ञप्तीमा ओखलढुङ्गामा प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यकाे उमेद्वारीमा पराजय बेहोरेका उमेद्वार रामहरि खतिवडा, मित्रसेन दाहाल र प्रदिप कुमार सुनुवार तथा प्रतिनिधी सभा सदस्य समानुपातिकका उमेदवार गोमा केसीले हस्ताक्षर गरेका छन् ।

हेर्नुस आज जारी गरिएको विज्ञप्तीको पूर्णपाठ ः