नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा समानुपातिक तर्फ पनि बाम गठबन्धनलाइ सफलता

विवेश श्रेष्ठ, मंशिर २५, ओखलढुङ्गा ।

ओखलढुङ्गामा शोमवार सार्वजनिक गरेको समानुपातिक तर्फको मतगणना अनुसार प्रतिनिधीसभा तर्फ नेकपा एमालेले नै अग्रता कायम गरेको छ । ओखलढुङ्गामा प्रतिनिधीसभा तर्फ समानुपातिकमा २५ हजार ८ सय ५८ मत प्राप्त गरि अग्रता कायम गरेको हो । कांग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो स्थानमा छ ।

त्यस्तै प्रदेश सभा तर्फपनि प्रदेशसभा क मा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो भएका छन् । प्रदेशसभा क मा नेकपा एमालेले १३ हजार ७ सय ९३ मत पाएको छ । तर प्रदेश सभा ख मा भने समानुपातिक तर्फ नेपाली कांग्रेस प्रथम भएको छ । कांग्रेसले प्रदेशसभा ख मा १२ हजार ६ सय ८१ मत माएको छ । दोश्रो नेकपा एमाले र तेश्रो माओवादी केन्द्र भएको छ ।

क–कसले कति–कति मत पाए हेर्नुस ः

पार्टी चुनाव चिन्ह प्रतिनिधीसभा प्रदेशसभा क प्रदेशसभा ख
नेकपा एमाले

२५८५८ १३७९३ ९८८८
नेकपा माअाेवादी केन्द्र

६५०२ २६९५ ४५९४
नेपाली काङ्ग्रेस

२५११४ १०५८७ १२६८१
सङ्घिय समाजवादी फाेरम नेपाल

६६२ २६८ ३९८
विवेकशील साझा पार्टी

२६२ १७७ ५२
नयाँशक्ति पार्टी नेपाल

२२७ १०८ १५५
नेकपा माले १९० ८७ १०९
एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी २११ ८१
देशभक्त जनगणतान्त्रिक माेर्चा नेपाल १५० १२३ ३४
मङ्गाेल नेशनल अर्गनाइजेशन ७८ १८ ६४
सङ्घिय खम्वुवार लाेकतान्त्रिक पार्टी १६ २२ १७
राष्ट्रिय जनमाेर्चा नेपाल १७ १६