नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा समानुपातिक तर्फको नतिजा सार्वजनिक

विवेश श्रेष्ठ, मंशिर २५, ओखलढुङ्गा ।
ओखलढुङ्गामा मतगणनाका सबै कार्यहरु सम्पन्न भएका छन् । शोमबार दिउसो सार्वजनिक गरिएको मत परिणाम सगै मतगणनाका कार्य सकिएको हो । प्रतिनिधी तथा प्रदेशसभा सदस्य तर्फको प्रत्यक्ष तर्फको मतगणना कार्य शनिवार नै सम्पन्न भएको थियो ।

प्रत्यक्ष तर्फको मतगणना सकिदा ओखलढुङ्गाबाट निर्वाचित हुने प्रतिनिधी तथा प्रदेशसभाका सबै सिटहरुमा बामगठबन्धनका उमेदवारहरु विजयी भएका छन् । प्रत्यक्ष तर्फको मतगणना कार्य सकिएसगै सुरुभएको समानुपातिक तर्फको मतगणनाको अन्तिम नतिजा पनि आज शोमवार सार्वजनिक गरेको हो ।

ओखलढुङ्गामा शोमवार सार्वजनिक गरेको समानुपातिक तर्फको मतगणना अनुसार प्रतिनिधीसभा तर्फ नेकपा एमालेले नै अग्रता कायम गरेको छ । ओखलढुङ्गामा प्रतिनिधीसभा तर्फ समानुपातिकमा २५ हजार ८ सय ५८ मत प्राप्त गरि अग्रता कायम गरेको हो । कांग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो स्थानमा छ ।

त्यस्तै प्रदेश सभा तर्फपनि प्रदेशसभा क मा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो भएका छन् । प्रदेशसभा क मा नेकपा एमालेले १३ हजार ७ सय ९३ मत पाएको छ । तर प्रदेश सभा ख मा भने समानुपातिक तर्फ नेपाली कांग्रेस प्रथम भएको छ । कांग्रेसले प्रदेशसभा ख मा १२ हजार ६ सय ८१ मत माएको छ । दोश्रो नेकपा एमाले र तेश्रो माओवादी केन्द्र भएको छ ।

क–कसले कति–कति मत पाए हेर्नुस ः

प्रतिनिधीसभा सदस्य तर्फ 

 

प्रदेशसभा सदस्य १ क तर्फ

 

 

प्रदेशसभा १ ख तर्फ