नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ससफोका बरिष्ठ नेता राईको लज्जास्पद हार

ओखलढुङ्गान्युज, मंशिर २५, धरान ।

समर्थनमा उम्मेदवार बनेका संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले लज्जास्पद हार ब्यहोर्नु परेको छ । बरिष्ठ नेता राईले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्य पदमा लज्जास्पद पराजय भोग्नु परेको हो । राई एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित भएका हुन् ।

एमालेका जयकुमार राई ४४ हजार ५२८ मत सहित बिजयी भएका छन् भने अशोक राईले २२ हजार १२३ मत प्राप्त गरेका छन् । कांग्रेससँग गठबन्धन गरेर जित्न सकिने निर्वाचन क्षेत्र रोजेर धरान पुगेका अशोक राई कुनै बेलाका आफ्नै राजनीतिक शिष्य जयकुमारसँग आधामतको फरकमा पराजित भएका हुन् ।

एमालेको उपाध्यक्ष पद छाडेर जातीय पहिचानको लागि संघीय समाजवादी पार्टी खोलेका अशोक राई २०७० मा समानुपातिकबाट सांसद बनेका थिए । उपेन्द्र यादवको मधेशी जनअधिकार फोरमसँग एकता गरेर बरिष्ठ नेता बनेका राईको पराजयसँगै पहाडबाट फोरमले कुनै पनि क्षेत्रमा चुनाव जित्ने सम्भावना सकिएको छ ।