नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

यी हुन कांग्रेस नेता जोशीको अपराजित यात्रा ब्रेक गर्ने एमालेका कान्छा जिल्ला अध्यक्ष

                  प्रदिप गिरी

ओखलढुङ्गान्युज, मंशिर २५, पर्वत ।

देशका धेरै जिल्लाहरुमा क्लिन स्विप गर्ने क्रममा पर्वतमा पनि बामगठबन्धनले निरन्तरता दिएको छ । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभा सबै सिटमा वामपन्थी गठबन्धनका उम्मेदवार विजयी भएपछि पर्वतमा पनि बामगठबन्धनले क्लिन स्विप यात्रा कायम गरेका हुन् । पर्वतबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन् ।

एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष पदम गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाव जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार ८ सय १९ मत पाएका छन । गिरी एमालेका कान्छा जिल्ला अध्यक्ष हुन् ।

हाल सम्म देश भरि भएको मतगणनाको पछिल्लो परिणाम अनुसार बामगठबन्धन प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन तर्फ दुई तिहाई विजय हासिल गरिसकेका छन् ।