नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रतिनिधी सभामा ओखलढुंगाबाट यज्ञराज, प्रदेशसभामा अमिरबाबु र मोहन विजयी

ओखलढुङ्गान्युज, मंशिर २४, ओखलढुङ्गा
ओखलढुंगामा वाम गठबन्धनले संघीय प्रतिनिधी सभा सहित

तीनओटै सिटमा विजयी हासिल गरेको छ । संघीय प्रतिनिधी सभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार विजयी भएका छन् ।

शनिबार विहान मत गणना सकिँदा सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् । सुनुवारले ५ हजार २ सय ५३ मतले खतिवडालाई पछि पारे । ओखलढुंगामा संघीय प्रतिनिधी सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ७८ मत बदर भएको छ ।

प्रदेश सभा क मा एमालेकै अम्बीरबाबु गुरुङ ७ हजार २ मतान्तरले विजयी भइसकेका छन् । त्यस्तै प्रदेश सभा ख को मतगणना सम्पन्न हुदा गठबन्धन कै मोहन कुमार खड्का हिमशिखर विजयी भएका छन् । प्रदेशसभा ख को सबै गाँउपालिकाको मतगणना सार्वजनिक हुदा खड्काले १५ हजार ४ सय ८५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदिपकुमार सुनुवारले १३ हजार ७ सय ११ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत प्राप्त गरे ।

विजयी सभामा सम्बोधन गर्दै प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले आफु ओखलढुङ्गावासीको साझा प्रतिनिधी भएकोले आफ्ना प्रतिस्पर्धी रहेका उमेदवार रामहरि खतिवडाले हारेपनि उहाँको एजेण्डालाई समेत समेटेर जिल्लाको समग्र विकासमा लागि पर्ने बताउनु भयो ।