नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

रामेछापको प्रदेश १ ख मा एमाले नेता कैलाश प्रसाद ढुंगेल भारी मतका साथ बिजयी

तिर्थमाया तामाङ, मंसिर २४, रामेछाप ।
मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना रामेछाप जिल्लामा पनि जारी छ । पछिल्लो मत परिणाम अनुसार रामेछापको प्रतिनिधीसभा सदस्य निर्वाचन क्षेत्र १ ख मा बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता कैलाश प्रसाद ढुंगेल भारीमत अन्तरले बिजयी भएका छन् । ढुङ्गेलले नेपाली कांग्रेसका उम्मेदवार जित बहादुर मगरलाई १२ हजार २ सय ६ मते पछि पार्दै बिजयी भएको हुन् ।

बिजयी बाम गठबन्धनका साझा उम्मेद्वार नेकपा एमालेका नेता ढुङेलले २६ हजार ९ सय ३५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दी नेपाली काङ्ग्रेसका नेता मगरले १४ हजार ७ सय २९ मत प्राप्त गरेका थिए ।

पछिल्लो मत परिणाम अनुसार बाम गठबन्धनका प्रतिनिधिसभा तर्फका उम्मेदवार माओवादी नेता श्याम कुमार श्रेष्ठले ३९ हजार ४ सय १९ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका पुर्ण बहादुर तामाङ कान्छारामले भने ३१ हजार ६ सय ६२ मत प्राप्त गरेका छन् । श्याम कुमार श्रेष्ठ पुर्ण बहादुर तामाङ कान्छाराम भन्दा ७ हजार ७ सय ५७ मतले अगाडि छ ।

मतगणना जारी रहेको प्रतिनिधि सभा र प्रदेशससभा क मा पनि बाम गठबन्धनले मतान्तर निक्कै बढाएको छ । प्रदेश सभा क तर्फ बाम गठबन्धना उम्मेदवार नेकपा एमालेका जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेलले १९ हजार ३ सय ५ मत ल्याएको छ भने नेपाली काङ्ग्रेस नेता रत्न कार्कीले १२ हजार ३ सय ४७ मत ल्याएका छन् । पौडेल र
कार्कीको बिच ६ हजार ९ सय ५८ मतको फरक छ ।