नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

रामेछापमा वामगठबन्धनको अग्रता कायमै

तिर्थमाया तामाङ, मंशिर २३, रामेछाप ।
चुनावी मतगणनाको सुरुवाती देखी नै अग्रता लिएको वाम गठबन्धनले रामेछापमा अहिलेसम्म अग्रता नै कायम गरेको छ । रामेछापको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधीसभा सदस्य तर्फ रामेछापमा वामगठबन्धनका श्याम कुमार श्रेष्ठले १७ हजार २ सय २३ मत प्राप्त गरि अग्रता लिई रहका छन् । श्रेष्ठलाई नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङले १३ हजार ६ सय १६ मतले पछ्याई रहेका छन् ।

प्रदेशसभा तर्फ पनि रामेछाप निर्वाचन क्षेत्र नं. १ क मा वामगठबन्धनका शान्ति प्रसाद पौडेलले ८ हजार ५ मतका साथ अग्रता लिइरहेका छन् । पौडेललाई नेपाली कांग्रेसका रत्न बहादुर कार्कीले ५ हजार ७ सय ६९ मतका साथ पछ्याई रहेका छन् ।

त्यसैगरि प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ख मा पनि वामगठबन्धनले नै आफ्नो अग्रतालाई कायम राखेका छन् । वाम गठबन्धनका कैलाश प्रसाद ढुङ्गेलले १२ हजार २ सय ४७ मत प्राप्त गरेका छन् । ढुङ्गेललाई पनि कांग्रेसका जित बहादुर मगरले ६ हजार ३ सय ९२ मतका साथ पछ्याई रहेका छन् । अन्य जिल्लाको तुलनामा रामेछापमा भने मतगणना कार्यमा अलिक ढिलाई भएको छ ।