नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा वामका अमिर विजयी

ओखलढुङ्गान्युज, मंशिर २२, ओखलढुङ्गा
प्रदेशसभा निर्वाचन २०७४ को ओखलढुङ्गामा अन्तिम मत परिणाम सार्वजनिक हुदा ओखलढुङ्गा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ क मा अमिरबाबु गुरुङ विजयी भएका छन् । उनी ओखलढुङ्गामा बामगठबन्धनका तर्फवाट बनेका एमालेका अमेद्वार हुन् ।

गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । दाहालको भन्दा गुरुङको मत ७ हजार २ ले बढि रहेको छ । मत गणनाको सुरुवाती देखी नै अग्रता लिएका गुरुङले आफ्ना प्रतिद्वन्द्वीलाई कुनै पनि समयमा अग्रता कायम गर्न नदिइकन नै विजयी हासिल गरेका छन् ।

प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचन क्षेत्र नं. १ ख मा कुल ३२ हजार ५ सय ८१ मत खसेको थियो । कूल खसेको मत मध्ये यसपटक १ हजार १ सय २२ म तबदर भएको छ । सदर मतमा सुर्यले १८ हजार ९ सय ८, रुख ११ हजार ९ सय ६, आँखा १ सय ८४, मशाल २ सय ९९, मुठ्ठी ९०, गीलास १३ र चुनाव चिन्ह भालेले ५९ मत प्राप्त गरेको छ ।