नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गा क्षेत्र नं. २ मा खतिवडा भन्दा सुनुवार ३ सय ९ मतले अगाडी

विवेश श्रेष्ठ, ओखलढुङ्गान्युज, मंशिर २२

ओखलढुङ्गामा प्रतिनिधी सभा सदस्य पदकालागि भएको मतगणनाको पछिल्लो अपडेट सार्वजनिक भएको छ । पछिल्लो अपडेट अनुसार एमालेका यज्ञराज सुनुवारले कांग्रेसका रामहरिलाई ३ सय ९ मतले उछिनेका छन् ।

ओखलढुङ्गा क्षेत्र नं. २ अन्तर्गतका चारओटै गाउपालिकका साविकको २६ ओटा गाविसको मतगणना सार्वजनिक भएको हो । हाल सम्म गणना भएको प्रतिनिधीसभा सदस्य पद तर्फको ३३ हजार २ सय सात मत गणना हुदा सम्म बाम गठबन्धनले नै अग्रता कायम गरेको छ ।

बाम गठबन्धनका उमेद्वार एमालेका यज्ञराज सुनुवारले १४ हजार ९ सय ८५ मत प्राप्त गरि अग्रता कायम राखेका छन् । सुनुवारलाई नेपाली कांग्रेसका रामहरी खतिवडाले १४ हजार ६ सय ७६ मतका साथ पछ्याईरहेका छन् ।

भर्खरै सार्वजनिक गरिएको चारओटै गाँउपालिका कांग्रेसका प्रतिनिधीसभा सदस्य पदका उमेद्वार रामहरी खतिवडाले २०७४ मा संबिधानसभा सदस्य पदमा जितेको क्षेत्र हो । पहिला आफैले जितेको ठाउवाट पनि एमालेका सुनुवारले अग्रता कायम गरेपछि कांग्रेसका खतिवडाले प्रतिनिधीसभा सदस्य पदमा जित्ने सम्भावना कम वन्दै गएको छ ।

उता प्रदेशसभा सदस्य पदका लागि भएको मतगणनामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ क मा अमिरबाबु गुरुङ अत्याधिक मतका साथ अग्रता कायम गरि रहेका छन् ।