नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

लिखु गाँउपालिकाकाे मतगणना सकियाे

विवेश श्रेष्ठ, अाेखलढुङ्गान्युज म‌शिर २१ ।

प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनकाे पछिल्लाे मतपरिणाम सार्वजनिक भएकाे छ । प्रतिनिधी सभा सदस्यका लागि भएकाे मतगणनामा लिखु गाँउपालिकाकाे मतगणना कार्य सकिएकाे हाे । रातकाे ११ बज्दै गर्दा लिखुगाँउपालिकाकाे मतगणना कार्य सकिएकाे छ । 

अहिले सम्म लिखु गाँउपालिकामा कूल खसेकाे ६ हजार ९ सय ७९ मतकाे गणना कार्य सकिएकाे हाे । गणना भएकाे मत मध्ये बामगठबन्धनका तर्फवाट उमेद्वार बनेका एमालेका यज्ञराज सुनुवारले अग्रता कायम नै राखेका हुन् । सुनुवारले प्रतिद्वन्द्वी काङ्ग्रेसका रामहरि खितवडालाइ पछाडी पारेका हुन् ।

अहिले सम्म यज्ञराज सुनुवारले ३ हजार ८ सय २२ मत पाएका छन् । त्यस्तै काङ्ग्रेसका २ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् । त्यसैगरी चुनाव चिन्ह मशाल ८, हसिया ताराले १ सय ४९, गीलासले १२, अाखाले १३, भालेले ३, मुठ्ठीले ११ र हवाइजहाजले १ मत प्राप्त गरेका छन् । 

लिखु गाँउपालिका पछि अब प्रतिनिधी सभा सदस्य तर्फ अब चम्पादेवी गाँउपालिकाकाे मतगणना कार्य भैरहेकाे छ । करिब ७ हजार मत गणना गर्दा मत बदरकाे सख्या उच्च देखिएकाे छ । लिखुमा ५ सय २६ मत बदर भएकाे छ ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचन तर्फ अाेखलढुङ्गा क मा एमालेले १ हजार ८ सय ३४, काङ्ग्रेसले ६ सय ९२, अाँखाले ६६, मशालले १६ र मुठ्ठीले ८ मत पाएकाे छ ।