नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

अाेखलढुङ्गामा बामगठबन्धनले लियाे अग्रता

अाेखलढुङ्गान्युज म‌शिर २१ ।

लिखु गाँउपालिकाकाे चारअाेटा वडाकाे मत गणना सार्वजनिक हुदा एमालेका यज्ञराज सुनुवारले अग्रता लिएका छन् । हाल सम्म ३ हजार ४ सय ४५ मत गणना भैसकेकाे छ । पछिल्लाे पटक सार्वजनिक भएकाे परिणाम अनुसार बाम गठबन्धनका उमेद्वार यज्ञराज सुनुवारले २ हजार ७७ मत प्राप्त गरेका छन् । त्यस्तै काङ्ग्रेसका रामहरि खतिवडाले ९ सय ९३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म प्रतिनिधि सभा तर्फ लिखु गाँउपालिकाका सि‌हदेवी टारकेरावारी र पाेकली गरी चारअाेटा वडाहरुकाे मतगणना कार्य सकिएकाे छ ।

त्यस्तै प्रदेश सभा तर्फ चिश‍खुगढी गाँउपालिकाकाे मतगणना सुरु भएकाे छ । पछिल्लाे पटक सार्वजनिक प्रदेश सभाकाे मत अनुसार एमालेले ९ सय ५६ र नेपाली काङ्ग्रेसले ४ सय ५५ मत प्राप्त गरेकाे छ । गणना भैरहेकाे दुवै स्थानमा अन्य सानादलहरुले पनि खाता खाेलेका छन् ।