नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा मतगणनाका लागि सबै तयारी सकियो, गणनास्थलमा तारजाली

ओखलढुङ्गान्युज, मंशिर २१, ओखलढुङ्गा ।
ओखलढुङ्गामा मतगणनाको लागि सबै ब्यबस्थापनको पाटो सकिएको छ । मतगणना स्थलमा तारजाली राख्ने काम पनि सकिए पछि गणनास्थलको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको मतगणना हुने दुवै स्थलमा तारजाली राखिएको छ । मतगणना हुने स्थलमा एकापटी मतगणना गर्ने र अर्कातिर राजनितिक दलका प्रतिनिधिले देख्ने गरि व्यबस्था गरिएको छ । उमेद्वारका प्रतिनिधिले देख्न सक्ने गरि विच भागमा भने तारजाली लगाईएको छ ।

त्यस्तै मतगणनाको संख्याको बारेमा जानकारी गराउन बाहिर ग्राउण्डपटि फर्काएर माईकिङको व्यबस्था पनि गरिएको छ । मतगणना स्थलमा असहज अवस्था सृजना नहोस भन्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उमेद्वारको प्रतिनिधि, पत्रकार र निर्वाचन पर्यवेक्षकहरुका लागि परिचयपत्रको व्यबस्था पनि गरेको छ ।

‘हामीले मतगणना कार्यका लागि सबै तयारी सकेका छौ । मतगणना कार्यलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा ब्यबस्थालाई पनि अत्यन्तै कडा बनाईएको छ ।’ मुख्य निर्वाचन अधिकृत कैलाश केसीले भन्नु भयो, ‘हामीहरु ५ बजेको पर्खाईमा छौं ।’

हिजाे बसेकाे सर्वदलिय बैठकले २१ गते बेलुकी ५ बजेवाट अाेखलढुङ्गकाे प्रतिनिधी सभा र प्रदेश सभा क काे मतगणना दुइ स्थानबाट मतगणना गर्ने सहमती भएकाे थियाे । 

दिउसो देखी मतगणना हुने स्थल जिल्ला समन्वय समितिको गेट अगाडी राजनितिक दलका कार्यकर्ता तथा शुभचिन्तकहरुको भिड सुरु भएको छ । मतगणना कार्यलाई असर गर्न सक्ने भन्दै मतगणना स्थलको आसपासमा रहेको होटल तथा पसलहरुमा मदिरा जन्य पदार्थ विक्रि वितरणमा प्रहरी प्रशासनले पूर्ण रुपमा रोक लगाएको छ ।