नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा मतगणना सुरुभएको ४८ घण्टामा मत परिणाम आउने

विएन श्रेष्ठ, ओखलढुङ्गा, मंशिर २० ।
ओखलढुङ्गामा सर्बदलिय बैठक सम्पन्न भएको छ । गत मंशिर १० गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभाको मतदानको भोली २१ गते विहिवार देखी हुने मतगणनालाई कसरी व्यवस्थित गराउने भन्ने बारेमा सर्बदलिय बैठक बसेको हो ।

सर्वदलिय बैठकले महत्वपूर्ण निर्णय गरेको छ । जिल्ला समन्वय समितिको पुरानो सभाहलमा मतगणना गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले गरेपनि मतगणना भने तिन स्थानवाट हुने भएको छ । एकै स्थानमा तिनओटा ग्रुप बनाएर मतगणना गर्ने तयारी स्वरुप मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलवार नै सिसिटिभी जडान गरेको थियो ।

जिल्ला समन्वय समितिको नयाँ भवनवाट पनि मत गणना हुनेभएपनि त्यहा सिसिटिभिको भने व्यवस्था नगरिएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।

मंशिर २१ गते बेलुकी ५ बजेदेखि नै मतगणना सुरु हुनेछ । मतगणना सुरुभएको बढिमा ४८ घण्टाभित्र प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ क को मतपरिणाम घोषणा गर्ने गरि मतगणना कार्यका लागि कर्मचारी व्यबस्थापन गरिएको पनि केसीले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र  न‌‍. १ क काे सकिएपछि साेही स्थानमा निर्वाचन क्षेत्र  न‌‍. १ ख काे मतगणना हुनेछ । त्यस्तै प्रतिनिधी सभा तर्फकाे मतगणना भएकाे स्थानमा समानुपातिक तर्फकाे मतगणना हुनेछ ।

मतगणना कार्य प्रतिनिधी सभाको लिखु गाउपालिका र प्रदेश सभाको चिशंखुगढी गाउपालिकावाट सुरुवात गर्ने निर्णय भएको पनि मुख्य निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो ।

बुधवार भएको सर्बदलिय बैठकले अरु के के निर्णयहरु गरे ? हेर्नुस निर्णयको सबै प्रतिलिपी ः