नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

मतपेटिकाको पहरेदारीः चिसो रात, टेण्टको बसाइ

विएन श्रेष्ठ, ओखलढुङ्गा मंशिर १९ ।
चिसो रात, टेण्टको बसाइ १ जिल्ला समन्वय समिति ओखलढुङ्गाको परिसरमा मतपेटिका कुर्न बसेका दलका प्रतिनिधिहरुलाई रात कटाउन सकस परिरहेको छ । तर पनि उनीहरु २४ घण्टै पहरेदारी गरिरहेका छन् । कार्यालय परिसरमा दुईओटा टेण्ट राखिएको छ, त्यही टेण्टभित्र दलका प्रतिनिधि रात कटाउँछन् । बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका लािग भनेर छुट्टा छुट्टै टेण्टको व्यबस्था गरेपनि लोकतान्त्रिक गठबन्धनको टोली भने राती जादैनन् ।

मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका जिल्ला समन्वय समिति कार्यालयको नया भवनको सभाहलमा भण्डारण गरिएको छ । मतपेटिकालाई सुरक्षा निकायले तिन घेरामा राखी सुरक्षामा दिईरहेका छन । ब्यालेट बक्समा बन्द गरिएको ओखलढुङ्गेली जनताको जनमतलाई तलमाथि हुन नदिन आफूहरु रातभर पहरेदारी गरिरहेका भन्दै नेकपा माओवादी केन्द्र तथा बामगठबन्धन ओखलढुङ्गाका सचिवालय सदस्य शम्भु धमलाले मतदातालाई शंका र उपशंका नगर्न आग्रह गरे ।

मतपेटिका राखिएको स्थानमा कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको भने खासै उपस्थिती छैन । बामगठबन्धन लगायत अन्य साना दलहरुले भने पालो लगाएर पहरा दिई रहेका छन् । कांग्रेसको टोलीचाही मतपेटिका राखेको स्थानमा किन पहरेदारी नगरेको भन्ने ओखलढुङ्गान्युजको प्रश्नमा नेपाली कांग्रेस ओखलढुङ्गाका सचिव एवम् सुनकोशी गाउपालिकाका प्रमुख रुद्रप्रसाद अधिकारीले सुरक्षा निकायको सबै शक्ति परिचालन भै सुरक्षा दिईरहेको स्थानमा आफ्नो पार्टीको पूर्ण विश्वास भएकोले नगएको बताउनु भयो ।

कांग्रेस सचिव अधिकारीले थप्नुभयो,‘मतपेटिकाको सुरक्षाका लागि सुरक्षा निकायका तिनैओटा अङ्ग परिचालन भएको छ । सगै बामगठबन्धनका साथिहरुले पनि पहरेदारी दिईरहेका छन् । उहाँहरुले गर्नुभएको निगरानी प्रति हामी पूर्ण विश्वस्त पनि छौं । मतपेटिका राखिएको हलको ढोकामा सबै राजनितीकदलका प्रतिनिधहरुको रोहवरमा मुचुल्का उठाएर टासिएको पनि छ । त्यसका वावजुद दिउसोभने हामीहरुले पनि निगरानी गरिरहेका छौं ।’

मतपेटिका राखिएको सभाहलको दुवै तर्फको ढोकामा सिक्रिकासाथ चावी सगै तारवारले घेरिएको छ । ताल्चा सगै राजनितिक दलहरुको रोहवरमा उठाईएको हस्ताक्षर गरेको मुचुल्का पत्रलाई ढोकामा टासेर लाहाछाप समेत लगाईएको छ । ताला लगाईएको ढोकामा प्रत्येक राजनितिक दलको एक एक ओटा चावी सगै निर्वाचन आयोगले पनि अर्को चावि लगाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तीन घेराको सुरक्षा व्यवस्था भएपनि दलका प्रतिनिधिहरु रातभर निदाउँदैनन । वाम गठबन्धनका तर्फबाट एमाले, माओवादीका प्रतिनिधि छन् । त्यस्तै संघिय समाजवादी फोरम, नयाशक्ति पार्टीका पार्टी प्रतिनिधीहरुले पनि सुरक्षा निकाय सगै पहरा दिईरहेका छन् । जनताको जनमतमाथि कुठाराघात नहोस भनेर नौ दिनदेखि २४ घण्टे पहरेदारी गरिरहेको एमाले निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष अशेष श्रेष्ठले बताए ।

२१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि सोही दिन साँझ ५ बजेदेखि यहाँको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतगणनाका लागि खटिने आवश्यक कर्मचारीको बारेमा पनि छलफल भैरहेको बताइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनालाई छरितो र सहज बनाउनका लागि आवश्यक तयारी गरेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताउनुभयो ।