नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मतगणनालाई व्यवस्थित बनाउन अाेखलढुङ्गामा सिसी क्यामेरा

विवेश श्रेष्ठ, मंसिर १९ ओखलढुङ्गा ,

२१ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको अन्तिम तयारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गा जुटेको छ । मतगणनाको तयारी स्वरुप मतगणना हुने जिल्ला समन्वय समिति ओखलढुङ्गाको पुरानो हलमा सिसिक्यामेरा जडान गर्ने कार्य आज सम्पन्न गरेको छ । मतगणना स्थलका लागि आवश्यक पर्ने पूर्वाधारको तयारी पनि अन्तिम चरणमा पु¥याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गावाट करिब १५ मिनेटको पैदल दुरीमा पर्ने जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना कार्यका लागि तयारी थालिएको हो । मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा २ जना मतगणना अधिकृतहरुले मतगणना गर्नेछन् ।

मतगणना कार्य एउटै कोठाको दुईतर्फवाट गर्ने तयारी थालिए पनि सर्बदलिय बैठक भने बसेको छैन । भोली हुने सर्बदलिय बैठकवाट कसरी मतगणनालाई व्यबस्थित बनाउने भन्ने निर्णय गरिने मुख्य निर्वाचन अधिकृत कैलाश के.सी. ले जानकारी दिनुभयो ।

मतगणना गर्ने कर्मचारीले आलोपालो गरी मतगणनालाई रात दिन जारी राख्नेछन् भने राजनीतिक दलका प्रतिनिधिहरुलाई सिफ्ट परिवर्तन छुट दिइनेछ । मतगणना स्थलमा तिन ओटा सिसि क्यामेराको जडान गरिएको छ । सिसिक्यामेराबाट मतगणना कार्यको मुख्य निर्वाचन अधिकृतले निरन्तर निगरानी राख्ने व्यबस्था पनि गरिएको छ ।