नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

गगनको चुनावी प्रसारमा बम आक्रमण, गगन सहित ११ घाईते

ओखलढुङ्गान्युज, मंशिर १८ काठमाडौं ।

काठमाण्डकौ क्षेत्र नं. ४ को चुनावी प्रचारप्रसारमा व्यत रहेका कांग्रेस युवा नेता गगन थापामाथी बम आक्रमण भएको छ । चुनावी प्रचारमा लागरहेको समयमा काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते हुनुहुन्छ । चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।

थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उपचार पछि सामान्य घाईते नेता थापा लगायतलाई अस्पतालले डिस्चार्ज गरेको छ । चुनावी प्रचारप्रसारमा रहेका थापामाथि आक्रमण भएपछि अहिले शिक्षण अस्पताल बाहिर शुभचिन्तकको भिड लागको छ । भिडका कारण घटना पछि गगनलाई भेट्न अस्पताल पुगेका पतिद्वन्द्वी बाम गठबन्धनका उमेदवार राजन भट्टराईलाई विरामी भेट्न दिईएन ।

बम आक्रमणमा परि घाइते हुनेहरुमा कांग्रेस नेता गगन थापासहित २७ वर्षीय जयराज लामिछाने, ३५ वर्षीय राजकाजी श्रेष्ठ, ४० वर्षीय ध्रुव खड्का, ४७ वर्षीय पूर्णबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै ३२ वर्षीय रेणु बडुवाल, ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, २३ वर्षीय सुमन खड्का, ४४ वर्षीय रवीन्द्र कार्की, ४७ वर्षीय काशीलाल श्रेष्ठ तथा ५२ वर्षीय परशुराम थापा पनि घाइते भएका छन् । गगन लगायत देशै भरि भैरहेको बम आक्रमणको बारेमा विभिन्न राजनितिक दलहरुले निन्दा गरेको छन् ।