नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा निर्वाचनको मतगणना २१ गते वाट नै हुने

ओखलढुङ्गान्युज, मंशिर १८, ओखलढुङ्गा ।
गत मंशिर १० गते भएको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको मतगणना ओखलढुङ्गामा मंशिर २१ गते वाट नै हुने भएको छ । मंसिर १० गते चुनाव भएका ओखलढुङ्गा लगायत ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ । १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले सबै जिल्ला सदरमुकाममा राखिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ । त्यसैगरि मंशिर २१ गते निर्वाचन हुने जिल्लाहरुको पनि जिल्लाका सम्पूर्ण मतपेटिकाहरु सम्बन्धित जिल्लामा कलेक्शन भएसकेपछि मतगणना सुरु हुनेछन् ।

पहिलो चरणमा मतदान भएका जिल्लाहरुको मतपेटिका मतगणना गरिने स्थानमा राखिएकाले दोश्रो चरणको निर्वाचन समय सकिनासाथ मतगणना सुरुहुने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि सम्पूर्ण तयारी भैसकेको पनि निर्वाचन आयोगले जनाएको छ । ओखलढुङ्गामा पनि मतगणनाको बारेमा छलफल गर्न आजै सर्बदलिय बैठक बस्दैछ ।

सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन् । ओखलढुङ्गामा भने मतपेटिकाको सुरक्षाका लागि बामगठबन्धन बाहेक अरु दलहरुले खासै चासो दिएका छैनन् ।