नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बालाजु बाइपासबाट १० किलोभन्दा बढी अवैध सुनसहित एकजना पक्राउ

ओखलढुङ्गान्युज, मंशिर १७, काठमाण्डौं ।
रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउँदै गरिएको ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । मोटरसाईकलको साईलेन्सर भित्र लुकाएर ल्याउदै गरेको अबस्थामा उक्त सुनलाइ प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट शनिबार साँझ सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्र्याउँदै थिए । प्रहरीले उनले ल्याएको सुन १० किलोभन्दा बढी रहेको अनुमान गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । सुन बरामद सगै पक्राउ परेका ब्यक्तको बारेमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार सिंगो सुरक्षा संयन्त्र निर्वाचन सुरक्षामा केन्द्रित भएका बेला तामाङले चीनको केरुङ नाका हुँदै सुन काठमाडौं भित्र्याउँदै थिए ।