नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

भारत–श्रीलंकामा आएको शक्तिशाली आँधीवाट १६ को मृत्यु

ओखलढुङ्गान्युज, मंशिर १७ ।

भारत र श्रीलंकामा शक्तिशाली आधि आउदा १६ जनाको मृत्यु भएको छ भने सयौ वेपत्ता भएका छन् । बिहीबार रातिबाट शुक्रबार बिहानसम्म आएको शक्तिशाली आँधीको कारण हालसम्म कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको समाचार छ।

सो शक्तिाली आँधीबाट अन्य एक सय जना भन्दा बढि व्यक्ति वेपत्ता हुनुका साथै आँधीका कारण यी दुबै देशमा सयौँ रुख ढलेर विद्युतीय लाइनहरु समेत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । आँधीले सडक छेउका हजारौ घरहरुलाई समेत क्षती पु¥याएको बताइएको छ ।

भारतको दक्षिणी भू–भाग तामिल नाडू र केरला प्रान्त बढी प्रभावित भएको छ भने श्रीलङ्काको दक्षिणी र मध्य प्रान्तहरुमा बढी क्षति पुगेको छ । ती क्षेत्रका सवै बिद्यालय दुई दिनयता बन्द रहेका छन् । सडक, रेलमार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको छ।

 प्रकोप नियन्त्रण अधिकारका अनुसार आँधीको कारण भारतमा नौ र श्रीलंकामा सात व्यक्तिको मृत्यु भएको छ । प्रायः व्यक्तिहरु रुख ढलेको र ती ढलेको रुखहरुले किचेर मृत्यु भएको बताइएको छ । यस आँधीको कारण तटीय क्षेत्रको समुद्रमा माछा मार्ने डुंगाहरु समेत सबै उडाएको बताईको छ ।

 हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए। उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ । शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ। रासस÷एएफपी