नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

क्रिकेटको अभ्यास खेलमा नेपाल पराजित

ओखलढुङ्गान्युज, मंशिर १७, काठमाण्डौ ।
नेपाल र अमेरिका बिच भएको क्रिकेटको अभ्यास खेलमा नेपाल अमेरिका सग पराजित भएको छ । यूएईको अबुधाबीमा शुक्रबार भएको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको हो ।

अमेरिकाले २२.३ ओभरमा ५ विकेट गुमाएर नेपालले दिएको ९० रनको लक्ष्य झिनो लक्ष्यलाई भेटायो। अमेरिकाका सयाद अब्दुल्लाले सर्बाधिक ४४ तथा रोय सिल्भाले २५ रन जोडे । नेपालका सोमपाल कामी र सागर पुनले समान २–२ विकेट लिएका थिए।

टस जितेर अमेरिकाले बलिङको निम्तो पाएको थियो भने नेपालले ब्यटिङको । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.१ ओभरमा सवै विकेट गुमाएर ८९ रनमा समेटिएको थियो।

अभ्यास खेलमा यसपटक पनि नेपालले आफ्नो कमजोरीलाई नियन्त्रण गर्न सकेन । त्यसैले नेपालका लागि कुनैपनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिइएको खेलमा बसन्त रेग्मीले जोडेको २१ रन नेपालको सर्बाधिक स्कोर रह्यो ।

बशन्त रेगमी सगै दीलिप नाथले १६, दीपेन्द्र सिंह ऐरीले १२ कुशल भुर्तेलले १० तथा सागर पुनले ९ रन मात्रै जोड्न सके । अनिलकुमार साह र शरद भेषावकर शुन्य रनमा आउट भएको खेलमा सोमपाल कामी, सन्दीप लामिछाने र ललितसिंह भण्डारीले एक रन मात्रै जोड्न सके । अमेरिकाका जपेन पटेलले ४, रोय सिल्भा र नास्थुस केन्जीगीले समान २ विकेट लिए।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यूएर्इसँगको अन्तिम चरणको खेल खेल्न नेपाली टोली हाल यूएर्इमा रहेको छ । यूएर्इ विरुद्धको खेल अघि नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। सोही क्रममा नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैछ ।