नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बिप्लव समर्थित नेकपाका ओखलढुङ्गा जिल्ला युवा संयोजक पक्राउ ।

ओखलढुङ्गान्युज डटकम, मंसिर १५, ओखलढुंगा ।
ओखलढुंगामा नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका जिल्ला युवा संयोजक पक्राउ परेका छन् । सुनकोशी गाउपालिका ५ मुखलखर्क निवासी किरण भनिने हर्क बहादुर तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

निर्वाचनको माहोलमा निर्वाचन बिरोधी गतिबिधि गर्न सक्ने भन्दै उनलाई पक्राउ गरिएको ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी अर्जुन तिमिल्सिनाले बताए । तामाङलाई सुनकोशी गाउपालिका ९ कोसहाटबाट पक्राउ गरिएको पनि प्रहरी प्रमुख तिमिल्सिनाले बताए ।

पक्राउ पछि उनलाई बिहिबार राति नै सरमुकाम स्थित जिल्ला प्रहरी कार्यलयमा ल्याईएको छ । अहिले उनलाई प्रहरी हिरासतमा म्याद थप गरि राखिएको र अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । करिब दुईहप्ता अगाडी पनि नेकपाका विद्यार्थी संगठनमा रहेको आरोपमा कुन्तादेवी र कटुञ्जेका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि भन्दै म्याद थप गरेर हिरासतमा नै राखिएको प्रहरीको भनाई छ । उनीहरुमध्ये १ जना शहिद आदर्श क्याम्पस रामपुरमा र १ जना सोव्रुमा अनमीमा अध्ययनरत विद्यार्थी छन् ।

प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनको कार्यक्रमलाई विथोल्न सक्ने भन्दै प्रहरीले देशैभर नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको छ ।