नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

उदयपुरमा शक्तिशाली बम विष्फोट, उम्मेदवारसहित ४ गम्भीर घाईते

ओखलढुान्युज डटकम मंसिर १३, उदयपुर

उदयपुरमा शक्तिशाली बम विष्फोटनमा परि उम्मेदवारसहित ४ जना गम्भीर घाइते भएका छन् । विद्युतिय धराप मार्फत गरिएको शक्तिशाली विष्फोटनमा परि उनीहरु गम्भिर घाईते भएका हुन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठका अनुसार बुधबार बिहान विद्युतीय धरापमा परी उदयपुरको प्रतिनधिसभा सदस्य निर्वाचन क्षेत्र २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ४ जना गम्भीर घाइते भएका छन् ।

प्रजिअ श्रेष्ठका अनुसार उदयपुरगढी गाउँपालिका ६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की, कांग्रेस कार्यकर्ता मीरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भीर घाइते भएका छन् ।

‘एम्बुस थापी आक्रमण भएको जानकारी आएको छ,’प्रजिअ श्रेष्ठले भने, ‘चारै जना गम्भीर घाइते भएकाले उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर मगाइएको छ ।’ जिल्लाको सुरक्षा समितिको आपतकालिन बैठकसमेत बस्दै छ । जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको पनि प्रजिअ श्रेष्ठले जानकारी दिए ।

स्थानीयवासीका अनुसार गाडी पूर्णरुपमा क्षति भएको छ । प्रहरीले अनुसन्धान थालेको प्रजिअ श्रेष्ठले जनाएका छन् । कसले आक्रमण गर्यो भन्नेबारे खुल्न बाँकी रहेको पनि उनले जानकारी दिए ।