नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

भुकम्प पिडितहरुले यी १९ बैंकबाट सहुलीयत कर्जा पाउने

ओखलढुङ्गान्युज डटकम, मंशिर १२, ओखलढुङ्गा ।

भुकम्प पिडितहरुका लागि सरकारले उपलब्ध गराउने सहुलियत व्याजको ऋणका लागि तयारी सुरु भएको छ । भुकम्प पिडितहरुका व्यक्तिगत आवास निर्माणको लागि दुई प्रतिशत ब्याजमा प्रदान गरिने सहुलियत कर्जा १९ वटा वाणिज्य बैंक र ३ वटा फाइनान्स कम्पनीहरुले उपलब्ध गराउँदै आएको राष्ट्र बैंकको प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार निम्न वाणिज्य बैंकहरुले यो कर्जा उपलब्ध गराउँछन् ।

१. नेपाल बैंक लिमिटेड
२. राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
३. कृषि विकास बैंक
४. नविल बैंक
५. एभरेष्ट बैंक
६. नेपाल बंगलादेश बैंक
७. बैंक अफ काठमाण्डू
८. एनसीसी बैंक
९. माछापुच्छ«े बैंक
१०. एनआईसी एशिया बैंक
११. कुमारी बैंक
१२. सिद्धार्थ बैंक
१३. सिटिजन्स बैंक इन्टरनेसनल
१४. प्राइम कमर्शीयल बैंक
१५. एनएमबी बैंक
१६. प्रभु बैंक
१७. मेगा बैंक
१८. सिभिल बैंक
१९. सानिमा बैंक

पुनरकर्जा दिने फाइनान्स कम्पनीहरु

१. सेन्ट्रल फाइनान्स
२. गुडविल फाइनान्
३. भक्तपुर फाइनान्स

कर्जा लिन के–के चाहिन्छ ?
भुकम्प पिडितहरुका लागि उपलब्ध गराउने सहुलियतपूर्ण ऋणका लागि निम्न बमोजिमका कागजपत्रको आवश्यकता पर्ने पनि राष्ट्र बैंकले जनाएको छ । यी कागजपत्रहरुलाई समाबेश गरि भुकम्प पिडितहरुले सहुलियथ व्याजमा ऋण लिन आवेदन दिन सक्नेछन् ।

१. भूकम्पपीडित परिचय पत्र,
२. भूकम्पबाट घर पूर्ण रुपमा क्षतिभएको व्यहोरा खुल्ने प्रमाणिकरण,
३. भूकम्पपीडित भएको कारण पास शुल्कमा छुट पाएको खुल्नेगरी गाँउपालिका/ नगरपालिकाको छाप लगाइएको पास भएको नक्सा वा सो छुट प्राप्त गरेको सम्बन्धी अन्य कागजात
४. कर्जा सुविधा उपयोग गर्न चाहने व्यक्तिको पारिवारिक विवरण,
५. भूकम्पपीडित वा निजको घरपरिवारको नाममा सम्बन्धीत गाउपालिका वा नगरपालिका भित्र घर नभएको सम्बन्धमा गाउपालिका/नगरपालिकाको प्रमाणिकरण
६. नेपाल अधिराज्यभित्रमा आफ्नो र परिवारको नाममा घर नभएको सम्बन्धमा भूकम्पपीडितको स्वघोषणा, आदि ।