नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुंगामा झन्डै ६५ प्रतिशत मत खस्यो

रामहरि श्रेष्ठ ओखलढुंगा । प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचका लागी ओखलढुंगामा ६४.५७ प्रतिशम मत खसेको छ । जिल्लाका केहि मतदान केन्द्रमा छिटफुट रुपमा झडपहरु भएपनि अधिकांश स्थनमा निर्वाचन शान्तिपुर्ण भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

७८ स्थलको १ सय ४१ मतदान केन्द्रबाट भएको मतदानमा सबैभन्दा धेरै मोलुङ गाउपालिकाको गाबिस भवन मंगलबारे मतदान केन्द्रबाट ७४ प्रतिशत मत खसेको छ भने सबै भन्दा कम सुनकोशी गाउपालिका २ बलखु स्थित आरुभञ्ज्याङ मतदान केन्द्रमा ४७ प्रतिशत खसेको छ ।

त्यहा मतदान सुरु भएपछि अपरिचित ब्यक्तिको समुहले एमाले कार्यकर्ता माथि खुकुरी प्रहार गरी घाईते बनाएकाले कम खसेको प्रक्षेपन गरिएको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा भोट खसालेका मतदाता मध्ये महिलाको संख्या बढि छ । निर्वाचनमा ३२ हजार महिलाले भोट खसालेका छन् भने २९ हजार पुरुषले भोट खसालेका छन् ।

मतदान प्रकृया सम्पन्न भएका मतदान केन्द्रबाट मतपेटिकाहरु सुरक्षा कर्मीको निगरानिमा जिल्ला समन्वय समितीको कार्यलयमा ल्याईदैछ । जिल्लाबाट टाढा रहेका मतदान केन्द्रका मतपेटिकाहरु भने भोली बेलुका सम्म आईपुग्ने मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताए । ओखलढुंगामा १ लाख २ हजार २ सय ६३ जना मतदाताले नामावलीमा नाम दर्ता गराएका थिए ।