नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुंगामा कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबिच झडप, कांग्रेसका दुई जना घाईते

ओखलढुङ्गान्युज डटकम, मंशिर ७ ओखलढुंगा । जिल्लामा नेपाली काग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप भएको छ । झडपमा परि काग्रेसका दुई जना कार्यकर्ता घाईते भएका छन् । जिल्लाको चम्पदेबी गाउपाँलिका ९ बिलन्दुमा गएराति झडप हुदाँ नेपाली काग्रेसका उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका हुन् ।

उनिहरुको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको ओखलढुंगा काग्रेसले जनाएको छ । घाईतेहरुको अवस्था सामान्य छ ।शरीर र उनिहरुको टाउका बिभिन्न केही भागमा चोट सामान्य घाईते भएका ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले बताए । रातको समयमा अचानक दुई समुहबिच जम्काभेट हुदाँ झडप भएको प्रहरी प्रमुख तिमिल्सिनाको भनाई छ ।

तर नेपाली काग्रेसले ज्यान मार्ने उद्योगले आक्रमण गरेको आरोप लाएको छ । बाम गठबन्धनले भने पैसा बाढ्दै हिडेका कार्यकर्तालाई भेटेपछि बिबाद भएको बताएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउने ओखलढुंगा प्रहरी प्रमुख डिएसपी तिमिल्सिनाले बताए ।