नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

मोहन खड्का भन्छन्, ओखलढुङ्गा कम्युनिष्टहरुकाे किल्ला हो

ओखलढुङ्गान्युज डटकम, मंशिर ७, ओखलढुङ्गा ।
प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन नजिकिए सगै ओखलढुङ्गामा पनि दलहरुले आफ्नो अन्तिम चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । चुनाव नजिकिए सगै मतदाताहरुलाइृ आफ्नो पक्षमा तान्ने होडबाजी पनि बढेको छ । तथापी आज राती १२ बजेपछिवाट मौन अबधि पनि सुरु हुदैछ ।

प्रदेशसभा निर्वाचन ओखलढुङ्गा क्षेत्र नं. १ ख का उमेदवार मोहन कुमार खड्काले मंशिर १० गते हुने चुनाववाट आफु विजयीहुने निश्चित भएको बताउनु भएको छ । खुला सभा तथा कोण सभाको आज साविकको टोक्सेल गाविसको सातसल्ले भन्ने स्थानमा आफ्ना शुभचिन्तक तथा कार्यकर्तासगको भेटघाटको क्रममा यस्तो बताउनु भएको हो ।

‘मंशिर १० गते हुने प्रतिनिधी तथा प्रदेशसभामा ओखलढुङ्गावाट बामगठबन्धनका तीनै जना उमेदवारहरु विजयी भैसके । अब अन्तिम मत परिणाम मात्रै आउन बाकी छ । त्यसैले सम्पूर्ण ओखलढुङ्गा जिल्लाबासीहरुले खुलेर ढुक्कताका साथ यसपटक बामगठबन्धनका उमेदवारहरुलाई भोटदिन आग्रह गर्दछु ।’ खड्काले भन्नुभयो,‘विगतको लामो समयसम्म कांग्रेसले ओखलढुङ्गामा हालिमुहाली गरेपनि अब ओखलढुङ्गा बामगठबन्धनको किल्ला हो ।’
यो भेटघाट तथा कोण सभा सगै प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ ख को खुला चुनावी सभा समापन गरेको बामगठबन्धन ओखलढुङ्गाले जनाएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नं. १ क को मोलुङ गाँउपालिका वडा नं. २ को रामपुरमा पनि बामगठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । यो चुनावी सभा सगै ओखलढुङ्गामा बामगठबन्धनको सम्पूर्ण खुला चुनावी सभा समापन भएको छ ।

प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको विजयी घोषणा सगै ओखलढुङ्गावाट प्रतिनिधी सभा सदस्यका उमेदवार यज्ञराज सुनुवार विजयी भएमा मन्त्री बन्ने पक्काको बचन केन्द्रिय नेताहरुवाट आए सगै बामगठबन्धनका कार्यकर्तामा खुशीयाली पनि छाएको छ ।

मंशिर २ गते ओखलढुङ्गामा भएको संयुक्त चुनावी सभामा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र मंशिर ६ गते मानेभञ्ज्याङ्गमा भएको संयुक्त चुनावी सभामा एमालेका महासचिव ईश्वर पोखरेलले ओखलढुङ्गावाट यज्ञराज सुनुवार विजयी भएमा पार्टीको तर्फवाट मन्त्री बनाउने बाचा दिएपछि उत्साह छाएको हो । बामकार्यकर्ता सगै सुनुवारलाई मन्त्री बनाउने आश्वासनले ओखलढुङ्गाका आम मतदाताहरुमा पनि खुशियाली छाएको छ ।

आजै नेपाली कांग्रेस ओखलढुङ्गाले पनि आफ्नो आधारक्षेत्र मानेभञ्ज्याङ्गमा खुल्ला चुनावी प्रचारप्रसार कार्यक्रमको समापन गर्दैछ । त्यस्तै, संघिय समाजवादी फोरमले अधेरीनारायणस्थानमा खुला सभाको आयोजना गरि खुला जनसभा कार्यक्रमको समापन गर्दैछन् ।