नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गा जिल्लावाट समानुपातिक तर्फकी एक्ली उमेद्वार : नेपाली

मंशिर ४, ओखलढुङ्गा
चुनावी प्रतिस्पर्धाका लागि राजनितिक दलहरुले यतीखेर प्रचारप्रसारलाई तिब्रता दिई रहेका छन् । चुनावी प्रतिष्पर्धालाई निरन्तरता दिने क्रममा यतीखेर विभिन्न पार्टीका समानुपातिक तर्फका उमेद्वारहरुले पनि पर्चा पोष्टरहरु मार्फत आफ्नो उमेदवारीको प्रचार प्रसार गरिरहेका छन् । त्यही क्रममा रहेकी छिन् ओखलढुङ्गाकी सीता नेपाली पनि ।

बुबा दुट बहादुर दमाई र आमा सरिता नेपालीको ३ छोरा र ४ छोरी मध्ये उनी माईली हुन् । २०४४ सालमा ओखलढुङ्गाको पलापु गाविसमा जन्मेकी नेपालीले आफ्नो कलिलो उमेरमा नै विद्यार्थी राजनिति सुरुवात गरिन् । आफ्नो १३ वर्षकै कलिलो उमेरमा उनले अखिल तत्कालिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको सदस्या लिइन् । विद्यालयमा भैरहेको गलत कृयाकलापका विरुद्धमा आफुलाई सक्रिय सहभागिता गराईन र यी विद्रोही स्वभावकी हुन भनि स्थापित गरिन् ।

विद्यालयमा नै रहेर सक्रिय राजनिति सुरु गरेकी नेपाली २०५९ सम्म गाउमा रहेर विद्यालयबाटै आफ्नो नेतृत्वलाई स्थापित गरिन् । गाँउका केही बाठा भनाउनेहरुले गाउकी एक दलितकी छोरीले बाठो भएर काम गरेको पचाएनन् । तत्कालिन सेनाले सञ्चालन गरेको गाउ अप्रेशनवाट उनीलाई पनि गाँउ छाड्न बाध्य बनायो । चुपलागेर गाउमै बस्न सक्ने अबस्था पनि थिएन । अन्तत उनी २०६० सालमा एसएलसी परीक्षा सकाएर माओवादी सशस्त्र जनआन्दोनको एक सक्रिय सदस्य हुदै भुमिगत राजनितिमा लागिन् ।

भुमिगत जिवनसगै जनताका दैनिक चल्ने दिनचर्यामा सहभागी भईन् । जनताका सुखदुखमा सहभागी भईन् । यसै क्रममा ओखलढुङ्गा र रामेछापका धेरै भुगोलहरुमा पनि पुगिन् । माओवादी आन्दोनका कृयाकलापमा सहभागी बनिन् । कलिलै उमेरमा त्यो पनि महिलाले माओवादी सशस्त्र आन्दोलनमा सक्रिय पूर्वक लागि रहनु तत्कालीन अबस्थामा चानचुनको कुरा थिएन ।

समाजमा ब्याप्त भैरहेको विकृती, विसंगतीका विरुद्ध लड्न त्यती सजिलो थिएन । समाजमा थलिएर, दविएर रहेका दलितका हक अधिकारलाई स्थापित गराउन र कार्यान्वयन गराउन त्यती सजिलो थिएन । हाम्रो समाजमा अहिले पनि दलितले पसिना काढेर उत्पादन गरेका सबै सामाग्रीहरु घरभित्र लैजान र धार्मीक स्थानहरुमा प्रयोग हुन्छन् । तर दलितलाई अहिले पनि घर प्रबेशमा रोक छ । त्यस्ता सस्कारको अन्त्यका विरुद्धमा उनी निरन्तर लागि परिरहिन् । उनी २०६२ मा जिल्ला पार्टी सदस्य बनिन् ।

पार्टी आन्दोलनको शिलशिलामा २०६२÷६३ मा भएको आन्दोलन पछि पार्टीले भातृ संगठन वाईसीएल निर्माण ग¥यो । उनी पार्टीको वर्गीय संगठन तर्फ लागिन् । तत्कालीन नेवा राज्य कार्यालयमा रहेर आफ्नो भूमिकालाई सक्रिय बनाई राखिन् । केही महिना अगाडी भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन युवा कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलनवाट केन्द्रिय सदस्य पदमा निर्वाचित पनि बनेकी छिन् नेपाली ।

जिल्लामा कृयाशिल ठूला राजनितीक दल कांग्रेसले गोमा केसीलाई उमेद्वार बनाएको छ । नेकपा एमालेले समानुपातिक तर्फ कसैलाई पनि उमेदवार बनाएको छैन । माओवादी केन्द्र ओखलढुङ्गाले भने सीता नेपालीको नाम मात्रै सिफारिस गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फवाट पेमडोमा शेर्पा समानुपातिक तर्फकी उमेद्वार छिन् ।

सीता नेपाली भने बामगठबन्धनको तर्फवाट एकमात्र उमेद्वार हुन् । नेपालीलाई विजयी गराउन उनका समर्थक तथा शुभचिन्तकहरुले समानुपातिक तर्फको मतपत्रमा गोलाकार भित्रको हसिया हथौडामा मतदान गर्नेछन् ।