नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

कांग्रेसका नेता महतको गाडिमा बम विस्फोट, चार घाइते

ओखलढुङ्गान्युज डटकम, मंसिर १, काठमाडौं
कांग्रेस नेता डाक्टर रामशरण महतको चुनाव प्रचारप्रसारका लागि प्रयोग भएको गाडिमा विष्फोट भएको छ । विष्फोटमा परि ५ जना घाईते भएका छन् । बम आक्रमणबाट कांग्रेस कार्यकर्ता चढेको जीप ध्वस्त भएको छ । घटनामा चार जना घाइते भएका छन् । घाइते हुने कांग्रेस कार्यकर्ताहरुमा उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर छन् ।

नुवाकोटको ककनीमा नेपाली कांग्रेसका नेता डा. महतको चुनाव प्रचार प्रसारमा प्रयोग भएको गाडीमा बम विस्फोट भएको हो । ककनीदेखि ३ किलोमिटर टाढा मझुवा चियावगानमा डा. महतको आज चुनावी प्रचार प्रसार कार्यक्रम थियो । त्यही प्रचारप्रसारमा सहभागी हुने क्रममा डा. महत सवार गाडीको पछाडि रहेको बा १६ च ६६५ नम्बरको गाडीमा वम विस्फोट भएको हो ।

बम विष्फोट हुँदा घाइते भएका ४ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको नुवाकोटका प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । ‘डा. साब चढेको गाडीको पछुवा गाडीमा बस विस्फोट भएको छ। ४ जना घाइते भएका छन्, उनीहरुमध्ये २ जना सिरियस छन्’ प्रहरी प्रमुख बस्यालले भने । 

घाइतेलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको एसपी बस्यालले जानकारी दिए । चुनाव प्रचार प्रसारका क्रममा रहेका डा। महतको शुक्रबार ककनी गाउँपालिका चारघरेमा घरदैलो गर्ने कार्यक्रम रहेको थियो । संघिय प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचन नजिकिए सगै देशै भर बम विस्फोटन सृंखलामा बृद्धि भएको छ ।