नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

माओवादी नेता तथा पूर्व अर्थमन्त्री माथि बम आक्रमण

ओखलढुङ्गान्युज डटकम, कात्तिक २६, रोल्पा
पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका उम्मेदवार वर्षमान पुन अनन्त लगायत वाम गठबन्धन रोल्पाका नेताहरु चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । बाम गठबन्धन चढेको गाडिलाई लक्षित गरेर शनिवार बम आक्रमण गरिएको हो ।

पश्चिम रोल्पाको सुखाओढारको चुनावीसभा सम्पन्न गरी शनिबार बिहान दुईखोली गाउँपालिकाको राङसीको सभालाई सम्बोधनका लागि जाँदै गरेका पूर्वअर्थमन्त्री पुन लगायत बाम गठबन्धनका टोली सवार रहेका थिए । नेता पुनसगै माओवादी नेत्री जयपुरी घर्ती, प्रदेससभा रोल्पा निर्वाचन क्षेत्र नं ‘ख’ का प्रत्यक्षतर्फका उम्मेदवार दीपेन्द्र पुन सिजल, एमालेका जिल्ला अध्यक्ष हरि घर्तीलगायत चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो ।

पश्चिम रोल्पाको ओत र घर्तीगाउँको बीचमा पर्ने भित्ताबाङमा शनिवार बिहान बम प्रहार हुँदा गाडीमा सामान्य क्षति पुगेको छ । सुरक्षाकर्मी र पूर्वअर्थमन्त्री पुनसवार गाडीको बीचमा बम पडकन गएको थियो । पूर्वमन्त्रीहरु सवार गाडीको २ मिटर टाढाको दूरीमा पडकेको बमका कारण दुवै गाडीमा सामान्य क्षति पुगेको छ । बम आक्रमण कसले र किन ग¥यो भनेर खुलन भने सकेको छैन ।

बम पडकेलगत्तै सुरक्षाकर्मीहरुद्वारा हवाई फायरिङसमेत भएको थियो । उता पूर्वअर्थमन्त्री एवं माओवादी नेता अनन्तले उम्मेदवारको सुरक्षाको ग्यारेन्टी गर्न गृह मन्त्रालयमार्फत सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘अपराधिक क्रियाकलापम तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछु । यस्ता कृयाकलापमको घोर भत्र्सना गर्दछु।’