नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

दुर्गमका नागरिक भन्छन्, उमेद्वारको अनुहार नदेखी भोट दिन पर्ने भयो

मनाेज भट्टराइ, कात्तिक २२ ओखलढुंगा । 

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ । उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगि रहेका छन् । ओखलढुंगाका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकटता र यातायात असुविधाका कारण मतदाताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यता ओखलढुंगाका अधिकाँश ठाउँहरुमा रहेको छ ।

चुनावको मिति नजिकिँदै गर्दा दलहरूले केही ठाउँमा चुनावी सभा र घरदैलो कार्यक्रम गरे पनि दुर्गम गाउँमा भने चुनावको चहलपहल नै भएको छैन । ‘गाउँमा कतै कतै राजनिनितीक दलका कार्यक्रम हुन्छन रे । तर हाम्रो ठाउँमा त नेताका अनुहार कसैले देख्न पाएका छैनौ लिखु गाउँ गाउँपालिका वडा नं ९का रामबहादुर तामांङ्गले बताउनुभयो । ‘हामीले नै भोट हाल्नुपर्ने, नेताका कुरा सुन्न र अनुहार देख्न नपाउँदा दुःख लाग्छ, उहाँको गुनासो रहेको छ ।

दुर्गममा मतदातासँग गाउँस्तरका कार्यकर्ताले नै नेताको प्रशंसा गरेर मत माग्ने गरेको स्थानीयहरुको भनाई छ । हाम्रो जस्तो पहाडी तथा अर्ध बिकसीत मुलुकमा युवाहरु नै चुनावी प्रचार प्रसारका लागी प्रयोग भएको देखिन्छ । ‘अरू बेला नेता देख्ने र भेट्ने कुरै भएन, चुनावमा भेटेर गाउँका समस्या राख्ने हो, त्यो पनि अवसर पाएनौ,’ खिजीदेम्वा गाउपालीका आङटावा शेर्पाले बताए ।

हाम्रो बस्तीका मतदाताले चुनावमा नेता चिनेर अंकमाल गर्दै भोट हाल्ने दिन कहिले आउला ? लिखु ८ का राम बहादुर दर्जीले गुनासो गरे  । ‘पार्टी र उम्मेदवारको नाम सुनिन्छ तर भेट हुने छाँट छैन,’ सुनकोशी गाउँपालीका ३ सिस्नेरीकी राममाया राईले गुनासो गरीन् । उनी यसपटक उम्मेदवार गाउँ आए भने गाउँको विकास गर्न अनुरोध गर्न नपाई भोट हाल्नुपर्ने बाध्यता हटाउने योजनाबारे सोध्ने योजनामा छिन् ।

ओखलढुंगाका अधिकांश ठाउँमा चुनावी प्रचारप्रसारमा राजनीतिक दलका नेता–कार्यकर्ता र उम्मेदवार पुग्ने अवस्था छैन । अप्ठ्यारो भूगोल र यातायात असुविधाका कारण सबै मतदातासँग भेट्ने चाहना पूरा नहुने वाम गठबन्धनका तर्फबाट प्रदेशसभा ख का साझा उम्मेदवार माओवादी केन्द्रका मोहनकुमार खड्काले बताए ।

 “सबै मतदातको भावना बुझ्न सकियोस भन्ने हो तर बाध्यता छ , त्यो सम्भव छैन तर सबै जनताको चाहना र भावनाको प्रतिनिधित्व गर्ने मेरो प्रतिबद्धता हो” खड्काले भने । उता, चाहेर पनि सबै ठाउँमा पुग्न सम्भव नभएको, सके सम्म हरेक मतदाताको घरदैलोमा पुगेर मत माग्ने मन हुदाहुदै पनि सबै ठाउँमा पुग्न नसके पछि कार्यकर्ता परिचालन गरेको नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामहरी खतिवडाले बताए ।

लोकतान्त्रिक र बाम गठबन्धन बिच प्रतिस्पर्धा

१० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनमा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा देखिएको छ । स्थानीय तहको निर्वाचनको दलहरूले प्राप्त गरेको मतका आधारमा ओखलढुंगामा वाम गठबन्धन बलियो देखिएको छ । आठवटा स्थानीय तहमध्ये चारवटा वाम गठबन्धनले जितेको छ भने चारवटामै कांग्रेसले जितेको छ ।

प्रतिनिधिसभाका लागि वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय राजनीतिक छवि बनाएका यज्ञराज सुनुवार  र रामहरी खतीवडा चुनावी मैदानमा छन् । ओखलढुंगामा स्थानीय तहको चुनावका आधारमा जिल्लामा कांग्रेसको २६ हजार १३६ , एमालेको २३ हजार ८३५ , माओवादीले ९ हजार ६८६ मत स्थानीय चुनावमा पाएको छ । एमाले र माओवादीको मत जोड्दा ३३ हजार ५३१ हुन्छ ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा १ बाट सुनुवार र २ बाट निर्वा्चित खतिवडा अहिले एउटै क्षेत्रमा एकअर्काको प्रतिस्पर्धी बनेका छन् । संघियसभामा ओखलढुंगाबाट संघिय समाजवादी फोरमका जुद्ध ढाक्रे, संघिय खुम्वुवान लोकतान्त्रिकका चन्द्र बिक्रम राई, नयाँशक्तिका प्रभुराम श्रेष्ठ, मंगोल नेशनल अर्गनाईजेसनका बजेन्द्र राई, वैद्य माओवादी निकट देशभक्त गणतन्त्रिक मोर्चाका रुद्रकुमार फुयाँल, नेकपा मालेका केशव रम्तेल र जनमोर्चाका कुन्तादेवी खत्री चुनावी मैदानमा छन् ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (क) मा एमालेका अम्बिरबाबु गुरुङ्ग र लोकतान्त्रिक गठबन्धनका तर्फबाट मित्रसेन दाहाल, नयाँ शक्तिका खेमराज खड्का, संघिय समाजबादी फोरमका नेत्र बहादुर नेम्वाङ, मंगोल नेशनल अर्गनाईजेसनका कानुरी शेर्पा, जनमोर्चाका सन्जमाया राई र देशभक्त गणतान्त्रिक मोर्चाका तेन्जिङ शेर्पा रहेका छन् ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट प्रदेश (ख) माओबादी केन्द्रका मोहनकुमार खड्का लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदिपकुमार सुनुवार,काँगे्रसका बिद्रोही ज्ञानेन्द्र रुम्दाली,  नयाँ शक्तिका टंकनाथ अधिकारी, संघिय समाजबादी फोरमका दिनेश कुमार राई र देशभक्त गणतान्त्रिक मोर्चाका बिष्णु खड्का चुनावी प्रतिस्पर्धामा छन् ।