नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

चिसो बढेसंगै सोलुखुम्बुको लुक्ला विमानस्थलमा चाप

ओखलढुङ्गान्युज डटकम, कात्तिक ९, सोलुखुम्बु

केही दिन यता चिसो बढे पछि सोलुखुम्बुको विभिन्न क्षेत्रमा घुम्न आएका पर्यटकहरु धमाधम फर्कन थालेका छन् । चिसो बढे सगै पर्यटकहरु फर्कन थालेपछि यतीवेला लुक्ला विमानस्थलमा यात्रुहरुको चाप बढेको छ ।

गतवर्षको तुलनामा सोलुखुम्बुको खुम्बुमा यस बर्ष पर्यटक आगमन  दोब्बर बढेको छ । यस वर्षको भदौ २३ गते देखि असोज २३ गतेसम्म ७ हजार ४८४ जना विदेशी पर्यटक खुम्बु भ्रमणमा आएका छन् । अघिल्लो वर्ष सोही समयमा ५ हजार ३ सय ८४ पर्यटक खुम्बु भ्रमणका लागि आएका पर्यटक प्रहरी लुक्लाले जनाएको छ ।

भदौ २३ देखि असोज २३ को एक महिनामा गत वर्ष भन्दा यसवर्ष २ हजार एक सय पर्यटक बढी आएका हुन् । प्रहरीको तथ्यांक अनुसार यस वर्ष भदौ २३ देखि कात्तिक १ गतेसम्म १० हजार ४३९ जनाले खुम्बु भ्रमण गरिसकेका छन्। यस बीचमा भ्रमण सकेर ३ हजार ९७१ जना बाहिरिएका छन् । गत सोमबार मात्र २ सय ६३ जना भ्रमणमा आएका थिए ।

खुम्बु भ्रमणमा आउने पर्यटक र उनीहरुका सहयोगी काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुक्लास्थित तेञ्जिङ हिलारी बिमानस्थल आउने गर्छन् । अहिले भ्रमण सकेर पर्यटकहरु धमाधम फर्कन थालेपछि लुक्ला आउने भन्दा काठमाडौं जाने यात्रुको संख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए ।

खुम्बु क्षेत्रमा सबैभन्दा बढी अष्ट्रेलिया, युके, जर्मन, अमेरिका, स्पेन, फ्रान्स, क्यानडा, भारत, चीन, इटली, मलेसिया, जापान, थाइल्याण्ड, पोल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशबाट पर्यटक आउने गर्छन् ।