नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

पुर्वाञ्चल सिङगिङ स्टारको ओखलढुंगा अडिसनबाट १२ जना छनोट

रामहरि श्रेष्ठ, असोज २७ओखलढुंगा

पुर्वाञ्चल सिङगिङ स्टार पाचौ संकरणको ओखलढुंगा अडिसनबाट १२ जना प्रतिश्पर्धी छनोट भएका छन् । प्रतियोगीतामा जिल्लाबाट भाग लिएका १६ जना मध्ये पहिलो राउन्डबाट १२ जना प्रतिश्पर्धी छनोट भएका हुन् । “युवा प्रतिभा गायन , खोजि हाम्रो अभियान” भन्ने नाराका साथ पुर्वाञ्चल बागीना कला केन्द्र धरान सुनसरीको आयोजनामा रीयालिटी कार्यक्रम पुर्वाञ्चल सिङ्गीङ्ग स्टार विगत चार वर्ष अघि बाट संचालन हुदै आएको छ । यस बर्षको ओखलढुंगा अडिसन भने आफ्नो एफएमको कार्यलयमा भएको थियो ।

प्रतियोगीतामा छनोट भएका प्रतिश्पर्धीहरुलाई सुर,ताल र हाउभाउका आधारमा छनोट गरिएको हो । प्रतिश्पर्धीहरुको गायन प्रतिभालाई पुर्वाञ्चल बागीना कला केन्दका संयोजक भक्तिराज राई,आफ्नो एफएमका निमिक्त स्टेसन म्यानेजर धनु राई र जनक ताम्रकारले मुल्याकण गर्नु भएको थियो ।

तिन जनाको संयुक्त मुल्याकणबाट छनोट भएका उनिहरुले अब द्रोस्रो राउन्डका लागी धरानको सुनसरी जानु पर्नेछ । उनिहरुले त्याहाँ पुगेर पुर्वाञ्चलका बिभिन्न १४ जिल्लाका प्रतियोगीहरुसंग प्रतिश्पर्धा गर्नुपर्ने पुर्वाञ्चल बागीना कला केन्दका संयोजक भक्तिराज राईले बताए ।
प्रतिश्पर्धाबाट छनोट भई प्रथम ,द्धितिय र तृतिय हुने प्रतिस्पर्धी लाई क्रमश नगद रु ५० हजार ,२ वटा गित रेकर्ड ,एउटा म्युजिक भिडियो ,एक बर्ष निशुल्क संगीत कक्षा तथा प्लस २ मा पढ्ने बिद्यार्थी को हकमा छात्रबृत्ती को ब्यवस्था तथा १ थान गितार, द्धितिय लाइ नगद रु २५ हजार ,एउटा गीत रेकर्ड, ६ महिने निशुल्क संगित कक्षा,र १ थान गितार प्रदान गरीने छ ।

यस्तै तृतिय लाइ नगद रु १५ हजार ,एउटा गीत रेकर्ड , ३ महिने निशुल्क संगीत कक्षा र १ थान गितार प्रदान गरीने छ । यस्तै कार्यक्रममा वेस्ट भोकल ,वेस्ट डिसिप्लिन ,वेस्ट परफरमेन्स र वेस्ट पब्लीक च्वाइस अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।