नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुदा ओखलढुङ्गाका एक युवाको मृत्यु

ओखलढुङ्गान्युज डटकम, असोज २३, सिन्धुली ।
ओखलढुङ्गावाट काडमाण्डौ जादै गरेको मोटरसाईकल दुर्घटना हुदा ओखलढुङ्गाका एक युवाको ज्यान गएको छ भने अर्का एक घाईते भएका छन् । मृत्यु हुनेमा ओखलढुङ्गा सुनकोशी गाँउपालिका वडा नं. ४का ३० वर्षिय कुमार तामाङ रहेका छन् ।

ओखलढुङ्गावाट काठमाण्डौ जादै गरेको बा ४ प ४८४० नम्बरको गाडी सिन्धुलीको फिक्कल गाँउपालिका ४ कुईभिर भन्ने ठाँउमा सडक वाट सुनकोशी नदिमा खसेको थियो । मोटरसाईकल नदिमा खस्दा तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाईकलमा सगै सवार रहेका सुनकोशी ४ कै चन्द्र बहादुर तामाङ गम्भिर घाईते भएका छन् । मोटरसाईकल सडकवाट करिब ४ सय मिटर तल नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव उपरिक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरिक्षक शर्माका अनुसार आफै अनियन्त्रीत भइ मोटरसाइकल दुर्घटना भएको हो । घाइते तामाङको हात खुट्टामा चोट लागेको र थप उपचारका लागि उदयपुरको घुर्मी पठाइएको प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिनुभयो