नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

यु १६ एसिया कप छनौट फुटवलमा ११ मिनेटमा ४ गोल

ओखलढुङ्गान्युज डटकम , असोज ७ काठमाडौं,

१६ वर्षमुनिको एसिया कप छनौट फुटबल अन्तर्गत नेपाल र भारतबिच भएको खेलमा २–२ को बराबरी गोल भएको छ । ७६ औँ मिनेटमा नेपालका ब्रृजेश चौधरीले गोल गरेर अग्रता दिलाएका थिए । ८३ औँ मिनेटमा भारतका हरपितले गोल गर्दै खेल बराबरी बनाए । ८५ औँ मिनेटमा भारतका हरपितले नै गोल गर्दै अग्रता दिलाएका थिए । ८७ औँ मिनेटमा नेपालका ब्रृजेश चौधरीले गोल गरेर खेल बराबरी बनाएका हुन् ।

समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा इराकसँग १–० ले पराजित भएको थियो । नेपाल, इराक, भारत र प्यालेस्टाइनसँगै समूह ‘डी’ मा रहेको छ । इराक ६ अ‌ंकसहित समूहको शीर्ष स्थानमा छ । भारत ४ अंकसहित दोस्रोमा र १ अंकसहित नेपाल तेस्रो स्थानमा छ । प्यालेस्टाइनले आफ्नो दुबै खेल हारेको छ । प्यालेस्टाइन प्रतियोगिताबाट बाहिरीएको छ । आइतबार नेपाल र प्यालेस्टाइनबिच खेल हुनेछ ।

१० समूह रहेका छनौट प्रतियोतिगामा समूह विजेता र उत्कृष्ट ५ उपविजेताले १६ वर्षमुनिको एशिया कप खेल्न पाउने छन् ।