नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

पहिलो नेपाल आइडल बने बुद्ध लामा

          पहिलाे नेपाल अाइडल बुद्ध लामा

 ओखलढुङ्गान्युज डटकम, असोज ७ काठमाडौ ।

मुद्दा र विवादका बाबजुद पनि एपी वान टेलीभिजनले आयोजना गरेको नेपाल आईडल प्रतियोगीता शुक्रबारवाट सकिएको छ । प्रतियोगितामा बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।

उपाधिसँगै पोखरा घर भएका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल   आइडलको विजेता छनौट गरिएको हो ।

आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे ।  अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।