नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

मलेसियामाथि १० विकेटको शानदार जित

ओखलढुङ्गान्युज डटकम, असोज १ काठमाडौं ।

मलेसियामाथि १० विकेटको शानदार जित हात पारेको छ । जित सगै नेपाली टिम एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि नेपालले आफ्नो प्रतिस्पर्धी हङकङलाई पाएको छ ।

शनिबार भएको सेमिफाइनलमा घरेलु टोलीले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा विना विकेट क्षतिमा भेट्टायो । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरद्धय सन्दिप सुनार र आसिफ शेख दुबैले अर्धशतक पुरा गरे । सन्दिप ५७ रनमा अविजित रहे भने आसिफ ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका नलिन डि सिल्भाले ३९ रन बनाए भने भिरनसिप सिंहले २५ रन जोडे । मलेसियालाई सस्तैमा समेट्ने क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २९ रन खर्चिएका थिए ।

पवन सरार्फले २ विकेट लिए भने रोहितकुमार पौडेल, साहब आलम र सन्दिप लामिछानेले १÷१ विकेट लिए । शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरमाथि ७ विकेटको जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको सिंगापुरले सिद्धान्तको ५१ रनको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो, जसलाई हङकङले ४०.२ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो । फाईनल खेल आज हुदैछ ।