नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खोलाले बगाएर एक जनाको मृत्यु ।

रामहरि श्रेष्ठ, असोज १ ओखलढुंगा
ओखलढुंगाको मोलुङ गाउँपालिकामा खोलाले बगाएर एक जनाएको ज्यान गएको छ । ज्यान जानेमा मोलुङ ८ निवासी अन्दाजी ४८ बर्षिय केशब राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंंगाले जनाएको छ ।

स्थानिय पोक्तिङ खोलामा शुक्रबार बेलुका पाहा मार्न निस्केका राईलाई शनिबार बिहान करिब ३ बजे तिर मृत अवस्थामा फेला पारेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।

राईको शवलाई हराएको स्थानबाट झन्डै ५ किमी तल पोक्तिङ खोलाको दोभानमा भेटिएको हो । मृतक राईको शवलाई पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटारमा लगिएको छ । उनि रागादिप माबिका कार्यलय सहयोगी रहेका थिए ।